बुधबार २५, भदौ २०८२ ०८:५२ Paschim Nepal News
काठमााडौं : जेनजी समूहका अभियन्ता अमित खनालले राजनीतिक प्रवेशले आन्दोलनलाई अराजक बनाएको प्रष्टीकरण दिएका छन् । उनले राज्यले युवाहरुको आवाज थुन्न खोजेको भन्दै त्यसको घोर भत्र्सना गर्दै विरोध गरेका छन् । ‘विद्यार्थी र युवाहरुको भेलालाई दबाउन सरकारले क्रुर भएर बल प्रयोग गर्यो जसले गर्दा यस्तो दर्दनाक अवस्था सिर्जना हुन पुग्यो’, उनले बताए ।
नेपाल प्रेससँगको कुराकानीमा उनले यो हामीले आयोजना गरेको शान्तिपूर्ण आन्दोलनमा राजनीतिक समूहको प्रवेश पछि आन्दोलन अराजक बनाएको पनि दाबी गरेका छन् । उनले आन्दोलन पूर्ण रुपमा शान्तिपूर्ण हुने थियो, केही व्यक्ति र समूहको प्रवेशले आन्दोलन दुःखद मूडभेठ तर्फ पुगेको बताए ।
कुन समूहको प्रवेश थियो ? भन्ने प्रश्नमा उनले रास्वपा र दुर्गा प्रसाईँका केहि कार्यकता उनीहरूसँग जोडिएको बताए । ‘त्यस क्रममा हामीले शान्तिपूर्ण प्रदर्शनको प्रस्ताव राखेका थियौ, उहाँहरुले समर्थन गर्नुभएको पनि थियो’, उनले भने । भीड बढ्दैँ जाँदा उनीहरु पछिबाट अराजक भएको र तोडफोडको मनस्थितीमा देखिएपछि हामी बाँहिरिएको संयोजक खनालले भने ।
त्यस्तै उनले कुराकानीमा हामीलाई देखाएर राजनीतिक दल र स्वार्थ भएका मान्छेहरु आफ्नो राजनीतिक स्ट्न्ड गरी दुखद घटना घट्ना घट्न गएको उनले स्वीकार गरे ।
भ्रष्टाचार र सुशासन हाम्रो मुख्य मुद्धा रहेतापनि हामीले थोरै मात्रा सामाजिक सञ्जालको विषय उठान गरेको र उनीहरुले सो कुरामा जोड् दिई आन्दोलनलाई भाड्न खोजेको आरोप लगाएका छन् ।
राज्य प्रणालीमा भ्रष्टाचारमूक्त नेपाल र प्रणालीको पक्षमा प्रर्दशन गर्ने भनि जेनजी समूहले सोमबार काठमाडौँको माइतीघरमा प्रदर्शनको घोषणा गरेको थियो ।
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.