संसद् विघटन, राष्ट्रपतिको राजीनामा, स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार गठन अस्वीकार्य     |     जेनजी प्रदर्शन : होला खाद्यान्न अभाव ?     |     अन्तरिम सरकार जेन जी कै सहमतिबाट बनाउन माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको सुझाव     |     नयाँ सरकारको नेतृत्वका लागि जंगीअड्डामा आज निर्णायक वार्ता     |     २७ घण्टामै सत्ता ढाल्न सफल ‘जेनजी’ पुस्ता कहाँ अलमलियो ?     |     यी तीन आधार टेकेर बंगलादेशमा बनेको थियो अन्तरिम सरकार, नयाँ सरकारको गठन गर्दा जोगिएला नेपालको संविधान ?     |     नयाँ सरकारको नेतृत्वबारे जंगीअड्डा बाहिर विवाद     |     हस्तकलाका सामग्री बनाउने सीपमा धनी थारू समुदाय     |    

राजनीतिक समूहको प्रवेशपछि बिच्किए जेनजी, सेनासँगको छलफलमा के भयो ?

बुधबार २५, भदौ २०८२ २३:३५    Paschim Nepal News



army-headquater-1.jpg

काठमाडौं : लामो समयको छलफल र परामर्शपछि जेनजी आन्दोलनको घोषणा गर्ने समूहका प्रतिनिधिहरू पुरुषोत्तम यादव र रक्षा बमको समूह जंगी अड्डामा नेपाली सेनासँग छलफल गर्न प्रवेश गरे । यादव र बम समूहसहितका करिब ५० जना प्रतिनिधिहरू सो छलफलमा सहभागी थिए । आज रातिको करिब साढे ७ बजेसम्म भएको छलफल ठोस निष्कर्षमा पुग्न सकेन । कारण थियो सो बैठकमा राजावादी, राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०ले प्रस्ताव गरेको गैर जेनजी समूहका प्रतिनिधिहरूको नाम र दुर्गा प्रसाईँको ‘इन्ट्री’ ।

लामो समयसम्म चलेको सो छलफलकैबीच यी पात्रहरूको प्रवेशले रक्षा बमको समूह बिच्किए । र छलफल बिचमै छाडेर बाहिरिए । बैठकमा सहभागी एक प्रतिनिधिका अनुसार मङ्गलवार रातिदेखि बिहानको ३ बजेसम्म नेपाली सेनासँग भएको छलफल अनुसार नै थप साथी लिएर आज पनि छलफल गरिएको हो ।


‘आज बिहानको ३ बजेसम्म भएको छलफल अनुसार नै हामीले दिउँसोको छलफल डाँकिएका थियौँ, हामी छलफलमा पनि बसे तर केही गैर जेनजी समूह र राजनीतिक समूहको प्रवेशले हाम्रो केही साथीहरू बिच्किए ’ उनले भने ‘छलफलबाट बाहिरिएका साथीहरू पनि समूहमै थप छलफलमा हुनुहुन्छ, सम्भवतः उहाँहरू पनि एउटा धारण तय गर्नुहुन्छ । ’

समूहको तीन प्रस्ताव, तीनै प्रस्तावमा ‘आर्मीको ग्रीन सिग्नल’

सहभागी प्रतिनिधिका अनुसार छलफलकै सुरुमा संसद् विघटन र अन्तरिम सरकारसँगै निर्वाचन मितिको समेत घोषणाको प्रस्ताव ‘आर्मी’ समक्ष राखिएको थियो । जेनजी समूहका संयुक्त प्रतिनिधिहरूको सहमतिमा प्रतिनिधि शिव यादव, पुरुषोत्तम यादव र रक्षा बमले समूहको सामूहिक प्रस्ताव अघि सारिएको स्रोत दाबी छ ।

‘पहिलो संसद् विघटन, दोस्रो अन्तरिम सरकारको घोषणा र तेस्रो निर्वाचनको मिति घोषणा मुख्य मागहरूको रूपमा अघि सारिएको छ, नेपाली सेनाका प्रमुखले सकारात्मक रूपमै लिनुभयो ’ नेपाल प्रेससँगको कुराकानीमा उनले भने ‘बिच्किएका केही साथीसँग शिव यादव जीले आफैले छलफल गरी सकारात्मक बनाए । ’

बालेनको ‘नो’, सुशीलाको ‘इन्ट्री’ र कुलमानमा अन्यौलता

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह ‘बालेन’ ले अन्तरिम सरकारको नेतृत्व लिन अस्वीकार गरेको सहभागी प्रतिनिधिको दाबी छ । उनका अनुसार अन्तरिम सरकारको नेतृत्वको खोजीमा मेयर बालेन साहले अस्वीकार गर्दा बैठक टुङ्गोमा पुग्न नसकेको बताए । अनि मात्रै सुशीला कार्की, कुलमान घिसिङ लगायत अन्य अन्यको नाम प्रस्ताव भएको थियो ।

‘सुरुमा मेयर साहकै नाम अघि सारिएको थियो’ , उनले अस्वीकार गरे ‘अनि अन्यको नामको लागि भर्जअुल बैठकमा भोटिङ भएको हो । ’ तर पनि सुशीला जी बाहेक सर्ट टर्मका लागि अरू प्रस्तावित मुख्य पात्रहरू खासै सकारात्मक नदेखिएको उनले बताए ।

अरूसँगको सल्लाहमा हामी नकारात्मक छैनौँ स्शिव यादव नेपाली सेनाले शान्ति सुरक्षाका लागि विभिन्न समूहसँगको कुराकानी गर्नुलाई अस्वामिक नमानेको जेनजी समूह ९सुरुमा आन्दोलन घोषणा गर्ने समूह० का प्रतिनिधि शिव यादवले बताएका छन् ।

लामो समयको प्रयासपछि नेपाल प्रेसको सम्पर्कमा आएका उनले मुलुक शून्य अवस्थामा रहेको शान्ति सुरक्षाको कमान्ड नेपाली सेनाले लिएको र अरू फरक फरक समूहसँगको छलफललाई अस्वाभाविक र नकारात्मक लिनु नहुने बताए । उनका अनुसार सबैसँग छलफल गरी थप क्षति हुन् नदिने पक्षमा हामी र नेपाली सेना रहेकोमा यसमा नकारात्मक आफूहरू नरहेको तर्क गरे ।

छलफलकोबीचमै रक्षा भण्डारी सहितका समूह किन बाहिरिए रु भने नेपाल प्रेसको प्रश्नमा उनले भने, ‘सबैको आ–आफ्नो विषय हुन्छ, फरक–फरक समूहको प्रवेश सबैलाई व्यक्तिगत रूपमा पनि राम्रो नलाग्न सक्छ, यद्यपि मुख्य प्रस्तावहरूमा उहाँहरूको पनि सहमति छ । ’

उनले थप कुरा भन्दै भने ‘भजुर्अल मिटिङ थियो उतापनि उहाँलाई हेर्नुपर्ने थियो, सबै समूहका साथी एउटा निश्चित बिन्दु र टुङ्गो जाडै पुग्नुहुन्छ ।’ त्यस्तै प्रतिनिधि शिव यादवले आफूहरूको मुख्य एजेन्डाबाट पछि नहटेको र नहट्ने बताए ।

उनले संसद् विघटन, अन्तरिम सरकारको घोषणा र निर्वाचनको मिति घोषणा उहाँहरूको मुख्य माग रहेको बताए । अब छिट्टै हामीले कसको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने विषय पनि टुङ्गो लगाउने छौँ ।



प्रतिकृया दिनुहोस