कञ्चनपुरमा बालबालिकासंग रात्रीभोज,  रक्तदान र फलफूल वितरण गरि मनाइयो

सोमबार १०, कार्तिक २०८२ २१:३३    Paschim Nepal News



r1.jpg

महेन्द्रनगर : नेपाल तरुण दलको ७३ औं स्थापना दिवस कञ्चनपुरमा समाज कल्याण अञ्चल बाल अनाथालय महेन्द्रनगरमा रहेका बालबालिकासंग रात्रीभोज, रक्तदान तथा फलफूल वितरण कार्यक्रम आयोजना गरी उत्साहका साथ मनाइएको छ । तरुण दलका केन्द्रीय सदस्य आषिस खत्री, तरुण दल भीमदत्त नगरका नगर समिति सचिव राहुल भट्ट, कञ्चनपुर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष शुरेस रावल, तरुण दलका नेता दिपक राज बिष्ट, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्यहरुः इन्द्र साउँद र सञ्जु अधिकारी लगायतका व्यक्तिहरुले अनाथालयमा आफै खाना बनाएर त्यहाँ रहेकान बालबालिकाहरुलाई रात्रिभोज गराएका हुन् । 

‘हामीले विभिन्न अवसरमा मात्रै होइन अरुबेला पनि अनाथालय र बृद्धाश्रममा भोजको आयोजना गर्ने, अनाथालय र बृद्धाश्रम सञ्चालनका लागि सहयोग जुटाउने कार्य गर्दै आईरहेका छौ ।’ तरुण दलका केन्द्रीय सदस्य आषिस खत्रीले भने, ‘आजको कार्यक्रम यसैको निरन्तरता मात्र हो, यस्ता कार्यक्रमहरु भोलिका दिनमा पनि हामी गर्नेछौ ।’   

यसअघि नेपाल रेडक्रस सोसाइटीको कार्यालय परिसरमा जिल्ला सभापति महेश चन्दको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा रक्तदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका जिल्ला सदस्य ज्ञानेन्द्र बहादुर सिंह रहेका थिए । त्यस्तै, विशिष्ट अतिथि नेपाली कांग्रेस कञ्चनपुरका उपसभापति मिन बहादुर सिंह, सचिव भीमराज भट्ट  जिल्ला महाधिवेशन प्रतिनिधि तथा भीमदत्त नगरपालिका–११ का वडाध्यक्ष प्रकाश थापा लगायतको उपस्थिति रहेको थियो । सभापति चन्दले कार्यक्रममा तरुण दल अनुशासित र विचारयुक्त संगठनका रूपमा स्थापित हुनुपर्नेमा जोड दिँदै समाजका विकृति–विसङ्गतिविरुद्ध आवाज उठाउने अभियानलाई निरन्तरता दिनुपर्ने बताएका थिए । 

कार्यक्रममा प्रदेश, जिल्ला र स्थानीय तहका पदाधिकारी तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो । कार्यक्रममा संगठन सुदृढीकरण, युवालाई राष्ट्रिय राजनीतिमा सक्रिय बनाउने र संगठनात्मक एकता कायम राख्ने विषयमा विशेष छलफल गरिएको थियो । रक्तदान कार्यक्रमपछि नेपाल तरुण दलका कार्यकर्ताहरूले महिला तथा वृद्ध सेवा केन्द्र वृद्धाश्रममा पुगेर फलफूल वितरण गरेका थिए । 
कार्यक्रममा दीपक चन्द, उपेन्द्र पाण्डे, अजय बड्का, रमेश महरा, लोकेन्द्र बुढा, सुरेन्द्र थापा, सन्तोष चन्दलगायतको सहभागिता रहेको 
थियो ।



प्रतिकृया दिनुहोस