बुधबार १९, कार्तिक २०८२ ०९:१३ Paschim Nepal News
महेन्द्रनगर : नेपाल जेसीजका अनुभवी र समर्पित नेता जेसी जीवनकार्कीले वर्ष २०२६ का लागि राष्ट्रिय अध्यक्ष पदमा औपचारिक रूपमा उम्मेदवारी दर्ता गरेका छन् । ‘एकताको संकल्प, रूपान्तरणको यात्रा’ भन्ने नाराका साथ उनले उम्मेदवारी दर्ता गरेका हुन् । उनी रामेछाप जेसीजको आधिकारिक प्रस्तुतिका रूपमा यो महत्वपूर्ण नेतृत्वका लागि प्रतिस्पर्धामा उत्रिएका हुन् ।
रामेछापको चुनौतीपूर्ण परिवेशबाट नेतृत्वको यात्रा सुरु गरेका जेसी कार्कीको कथा संघर्ष, समर्पण र रूपान्तरणको प्रतिमूर्ति हो । सन् २०१५ मा रामेछाप जेसीजबाट सदस्यता लिएका उनी सन् २०२१ मा शाखा अध्यक्ष बने । त्यसपछि, २०२२ मा राष्ट्रिय उपाध्यक्ष र २०२३ मा राष्ट्रिय कार्यकारीणी उपाध्यक्षको जिम्मेवारी सम्हालेर उनले संगठनलाई नीति, प्रशिक्षण र सहकार्यमा नयाँ दिशा प्रदान गरेका थिए । ईटहरी जेसीजको आतिथ्यतामा भएको नेपाल जेसीजको ५१ औं राष्ट्रिय महाधिबेशनमा राष्ट्रिय अध्यक्ष पदका लागि प्रतिस्पर्धा गर्दा उनले इमानदार, शालीन र प्रेरणादायी नेतृत्वको छवि स्थापित गर्दै “æHe won by heart but lost by vote cast “ को उपमा पाएका थिए ।
संकल्प २०२६ र संगठनको भिजनः जेसी कार्कीले आफ्नो उम्मेदवारीलाई ‘Project Sankalpa २०२६ “एकताको संकल्प, रूपान्तरणको यात्रा”नाम दिएका छन् । उनको मुख्य विषयवस्तु तथा उनको प्रकरण “ब्ष्m ड्ड ब्अत ड्ड ब्अजष्भखभ” रहेको छ । उनको कार्यदिशामा नेतृत्वलाई पदको सट्टा जिम्मेवारीका रूपमा लिने सोच रहेको छ । उनले स्पष्ट रूपमा लक्ष्य निर्धारण गर्ने, दृढताका साथ कार्यन्वयन गर्ने, र सफलता हासिल गर्ने प्रक्रिया मार्फत रूपान्तरणको यात्रा सम्भव हुने बताएका छन् ।
प्रतिबद्धताहरू : जेसीकार्कीले एकता, सहकार्य र स्पष्ट कार्यदृष्टिका माध्यमबाट जेसीजलाई अझ प्रभावशाली, सक्षम र भविष्य–उन्मुख बनाउन सकिने विश्वास व्यक्त गरेका छन् । उनले आगामी यात्रालाई व्यक्तिगत नभई साझा प्रगतिको अभियानका रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन् । “æProject Sankalpa २०२६” मार्फत जेसी कार्कीले JCI Nepal भित्रयुवा, महिला र सबै अध्यायहरू बीच सहकार्य, पारदर्शिता र समावेशीताको भावनालाई पुनर्जीवित गर्ने लक्ष्य लिएका छन् । उनको उद्देश्य JCI Nepal लाई केवल एक संगठन मात्र नभई राष्ट्र निर्माणको प्रेरणा बन्न सक्नेगरी सशक्त बनाउनु रहेको छ ।
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.