प्रतिनिधिसभा निर्वाचन आजः यी कागजात देखाएर मतदान गर्न सकिने     |     कञ्चनपुर क्षेत्र नं. ३ का मतदाता भन्छन् : घण्टीमा भोट दिए भने किसानको आँशुले पोल्नेछ     |     रास्वपा उम्मेदवार महताले खोला मिचेर बनाएका छन् आफुबस्ने घरको गार्डेन, सभापति बिष्टले कुम्ल्याएका छन् शव बहान किन्ने पाँचलाख रकम     |     नगर विकासको घडेरी हत्याउने देखि सोलारमा ठगिसम्म     |     अवैध रुपमा नगर विकास समितिको घडेरी हत्याएका रास्वपाका महता र चन्द चुनावी मैदानमा     |     जसको परिकल्पनाले सुदूरपश्चिमले पायो देशकै पहिलो चिकित्सा विश्वविद्यालय     |     मर्निङ्ग ग्लोरीमा एक दिने निःशुल्क स्वास्थ्य शिबिर     |     दलितप्रति अनुदार ठूला दल     |    

अवैध रुपमा नगर विकास समितिको घडेरी हत्याएका रास्वपाका महता र चन्द चुनावी मैदानमा

सोमबार १८, फागुन २०८२ ०९:१३    नृग बहादुर शाह



aa_page-0001.jpg

महेन्द्रनगर : महेन्द्रनगर नगर विकास समितिको अर्बौ रुपैयाँ भ्रष्टाचार भएको जग्गा हिनामिना प्रकरणमा जोडिएका ज्ञानेन्द्र सिंह महता र कर्ण बहादुर चन्द फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा कञ्चनपुर क्षेत्र नं. ३ बाट दौडमा छन् । 
महता सुशासन र भ्रष्टाचार विरोधि नारा ल्याएर चर्चामा आएको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को चुनाव चिन्ह घण्टी सहित चुनावि मैदानमा छन् भने कर्ण बहादुर चन्द नेपाल कम्युनिष्ट पार्टी(संयुक्त) को चुनाव चिन्ह हँसिया सहित चुनावि मैदानमा छन् ।


महताले पत्रकारीता पेशाको आवरणमा गलत फाईदा उठाउँदै आफ्नो श्रीमति विमला चन्द महताको नाममा र चन्दले आफ्नै नाममा घडेरी लिएका थिए । एमालेका कार्यालय सचिव समेत रहेका चन्दलाई प्रकरण बाहीरिएपछि एमाले कारवाही गरि कार्यालय सचिव पदबाट निकालेपछि अहिले उनि अर्को पार्टीबाट चुनावी मैदानमा उत्रिएका हुन् । यति मात्र होइन चन्दले त घडेरी बेचविखन गरेर रकम रसमेत कुम्ल्याई सकेका थिए । उनले स्थानिय शेरसिंह भण्डारीलाई उक्त घडेरी बचेका थिए भने महताको घडेरी अख्तियारले खारेज गरिदिएको छ । 


कञ्चनपुरको भीमदत्त नगरपालिकामा सयौं बिघा सरकारी जमिन गैरकानुनी रूपमा अतिक्रमण तथा बिक्रीवितरण गरेर र लिजमा दिएर ठूलो भ्रष्टाचार गरिएको निष्कर्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको अनुसन्धानले निकालेको थियो । सयौं बिघा सरकारी जमिन मनपरी ढंगले दुरूपयोग गरी केही व्यक्तिले अकुत सम्पत्ती कमाएको भन्दै स्थानीय बासिन्दाले विरोध गर्दै आएका थिए । 


स्थानीय बासिन्दाले पटकपटक उजुरी दिए पनि राजनीतिक शक्ति र आर्थिक चलखेलका कारण सरकारी जमिनमा भ्रष्टाचार गर्नेमाथि कारबाही हुन सकेको थिएन । स्थानीयको चर्को आलोचनापछि २०७८ भदौमा अख्तियार अनुसन्धान आयोगका उपसचिव ओमप्रकाश बराल नेतृत्वको विशेष टोली महेन्द्रनगर पुगेर अनुसन्धान थालेको थियो, त्यसपछि अवैध रुपमा घडेरी लिएकाहरुलाई कारबाही प्रक्रिया अगाडी बढेको थियो । हाल अख्तियारले सबै घडेरी तथा लिज अवैध भएको भन्दै खारेज गरिदिएको छ । 


यसैगरि महतालाई सोलारमा ठगि गरेको, ड्रागन खेति, मिटमार्ट र स्केटीङ्गमा नेपाल सरकारका विभिन्न निकायबाट गलत विवरण पेश गरि अनुदान खाएको आरोप लाग्दै आएको छ । 

विस्तृत तलको लिङ्कमा हेर्नुहोस्

/uploads/ads/ael10t.pdf

https://ciaa.gov.np/uploads//pressRelease/aeL10t.pdf

https://nagariknews.nagariknetwork.com/politics/805841-1651039473.html

https://lekhajokhanews.com/news/216459/

https://mahendranagarpost.com/archives/112926

https://www.youtube.com/watch?v=telgVEfr-wM

https://dhangadhikhabar.com/news/45835

https://shilapatra.com/detail/83099

 



प्रतिकृया दिनुहोस