सोमबार १८, फागुन २०८२ ०९:१६ नृग बहादुर शाह
महेन्द्रनगर : फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि वैकल्पिक धार शक्ति रोज्ने सोचमा पुगेका मतदाता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कञ्चनपुर क्षेत्र नम्बर ३ का गतिलो उम्मेदवार नदिएपछि मतदाता वैकल्पिक तथा बुद्धिजीवि उम्मेदवार चयन गर्ने निर्णयमा पुगेका छन् ।


१७ जना उम्मेदवार रहेको कञ्चनपुर ३ मा नेृकपा एमालेबाट डा. दिपकप्रकाश भट्ट, काँग्रेसबाट हरि बोहरा, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट मान बहादुर सुनार, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पुर्ण बहादुर चन्द, मितेरी पार्टी नेपालबाट किरन थापा, श्रम संकृतिबाट गंगादत्त जोशी, स्वतन्त्र उम्मेदवार थानेश्वर लेखक, उज्यालो नेपालबाट भिम बहादुर कुमाल, नेपाल मजदुर किसानबाट मीनु गिरी, आम जनताबाट लक्ष्मी कुमारी बिष्ट भट्ट, राष्ट्रिय जनमोर्चाबाट लाल बहादुर कुँवर, राष्ट्रिय मुक्ति पार्टी लोकराज भट्ट, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट विष्णु प्रकाश उपाध्याय, स्वतन्त्रबाट वीर सिंह क्षेत्री र स्वतन्त्रबाट हर्क बहादुर ऐर चुनावी मैदानमा छन् ।
कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार महताले आफु बस्ने घरको गार्डेन खोला मिचेर बनाएका छन् भने उनको घर बनाएको जग्गा पनि नगर विकास समितिबाटै लिएको घडेरी भएको खुल्न आएको छ ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति पदम बिष्टले एम्बुलेन्स किन्ने नाममा भीमदत्त नगरपालिकाबाट ५ लाख रुपैया नगद लिएर खाएका छन् । २०७७ सालमा तत्कालिन महेन्द्रनगर रामलिला विकास समितिमार्फत उनको अगुवाईमा शव बहान खरिद गर्ने उद्देश्यले पेश्की बुझेका उनि लगायतको समितिले शव बहान खरिद नगरेपछि भिमदत्त नगरपालिकाको आ.व.२०७६/०७७ को महालेखा परिक्षण प्रतिवेदनमा उक्त रकम बेरुजु देखिएको छ । जुन हालसम्म फच्र्यौट भएको छैन ।
अवैध रुपमा नगर विकास समितिको घडेरी हत्याएका रास्वपाका उम्मेदवार महताले यस अघि आफुले सञ्चालन गरेको राष्ट्रिय सोलार इनर्जी प्रालि मार्फत नेपाल सरकारलाई ठगेको फेला परेको हो । समाजका र राष्ट्रका लागि सिन्को समेत नभाचेर सुशासन र भ्रष्टाचार निवारणको नारा बोकी नयाँ भन्दै राजनितिमा लागेका महताले यसअघि नै चरम भ्रष्टाचार गर्दै आएको तथ्य खुलेको छ । जनताको लागि एक मिनेट पनि समय नखर्चिएका महता अनुदान खान नगरपालिका देखि प्रदेश हुँदै केन्द्रसम्म धाउने गरेका थिए । उनले शुरु गरेका हरेका काममा नेपाल सरकारको अनुदान रहेको छ । केही काम त उनले अनुदान लिन मात्रै गरेको देखिन्छ ।
महेन्द्रनगर नगर विकास समितिको अर्बौ रुपैयाँ भ्रष्टाचार भएको जग्गा हिनामिना प्रकरणमा जोडिएका महता सुशासन र भ्रष्टाचार विरोधि नारा ल्याएर चर्चामा आएको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को चुनाव चिन्ह घण्टी सहित चुनावि मैदानमा छन् ।
महताले पत्रकारीता पेशाको आवरणमा गलत फाईदा उठाउँदै आफ्नो श्रीमति विमला चन्द महताको नाममा घडेरी लिएका थिए । कञ्चनपुरको भीमदत्त नगरपालिकामा सयौं बिघा सरकारी जमिन गैरकानुनी रूपमा अतिक्रमण तथा बिक्रीवितरण गरेर र लिजमा दिएर ठूलो भ्रष्टाचार गरिएको निष्कर्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको अनुसन्धानले निकालेको थियो । सयौं बिघा सरकारी जमिन मनपरी ढंगले दुरूपयोग गरी केही व्यक्तिले अकुत सम्पत्ती कमाएको भन्दै स्थानीय बासिन्दाले विरोध गर्दै आएका थिए ।
स्थानीय बासिन्दाले पटकपटक उजुरी दिए पनि राजनीतिक शक्ति र आर्थिक चलखेलका कारण सरकारी जमिनमा भ्रष्टाचार गर्नेमाथि कारबाही हुन सकेको थिएन । स्थानीयको चर्को आलोचनापछि २०७८ भदौमा अख्तियार अनुसन्धान आयोगका उपसचिव ओमप्रकाश बराल नेतृत्वको विशेष टोली महेन्द्रनगर पुगेर अनुसन्धान थालेको थियो, त्यसपछि अवैध रुपमा घडेरी लिएकाहरुलाई कारबाही प्रक्रिया अगाडी बढेको थियो । हाल अख्तियारले सबै घडेरी तथा लिज अवैध भएको भन्दै खारेज गरिदिएको छ ।
यसैगरि महतालाई सोलारमा अनुदानका नाममा करोडौंको ठगि गरेको, ड्रागन खेति, मिटमार्ट र स्केटीङ्गमा नेपाल सरकारका विभिन्न निकायबाट गलत विवरण पेश गरि अनुदान खाएको आरोप लाग्दै आएको छ । सोलार ठगि प्रकरणमा आफ्ना तत्कालिन कर्मचारीलाई फसाउन सफल भएर आफु उम्किएपछि महताले आफ्नो राष्ट्रिय सोलार इर्नजी सोलुसन प्रालि बन्द गरेर पत्रकारीता पेसामा छिरेका थिए । तत्कालिन अवस्थामा महेन्द्रनगरबाट प्रकाशित हुने दैनिक पत्रिका दैनिक खबरले महताको ठगिको पर्दाफास गरेको थियो । ठगिको पर्दाफास भएपछि महता आफ्नो सामाचार रोक्न हारगुहार गर्न आएको पत्रिकाका तत्कालिन एक कर्मचारीले पश्चिमनेपाल न्युजलाई जानकारी दिएका छन् ।
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.