सोमबार १८, फागुन २०८२ ०९:१५ नृग बहादुर शाह
महेन्द्रनगर : कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार महताले आफु बस्ने घरको गार्डेन खोला मिचेर बनाएका छन् भने उनको घर बनाएको जग्गा पनि नगर विकास समितिबाटै लिएको घडेरी भएको खुल्न आएको छ ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति पदम बिष्टले एम्बुलेन्स किन्ने नाममा भीमदत्त नगरपालिकाबाट ५ लाख रुपैया नगद लिएर खाएका छन् । २०७७ सालमा तत्कालिन महेन्द्रनगर रामलिला विकास समितिमार्फत उनको अगुवाईमा शव बहान खरिद गर्ने उद्देश्यले पेश्की बुझेका उनि लगायतको समितिले शव बहान खरिद नगरेपछि भिमदत्त नगरपालिकाको आ.व.२०७६/०७७ को महालेखा परिक्षण प्रतिवेदनमा उक्त रकम बेरुजु देखिएको छ । जुन हालसम्म फच्र्यौट भएको छैन ।
अवैध रुपमा नगर विकास समितिको घडेरी हत्याएका रास्वपाका उम्मेदवार महताले यस अघि आफुले सञ्चालन गरेको राष्ट्रिय सोलार इनर्जी प्रालि मार्फत नेपाल सरकारलाई ठगेको फेला परेको हो । समाजका र राष्ट्रका लागि सिन्को समेत नभाचेर सुशासन र भ्रष्टाचार निवारणको नारा बोकी नयाँ भन्दै राजनितिमा लागेका महताले यसअघि नै चरम भ्रष्टाचार गर्दै आएको तथ्य खुलेको छ । जनताको लागि एक मिनेट पनि समय नखर्चिएका महता अनुदान खान नगरपालिका देखि प्रदेश हुँदै केन्द्रसम्म धाउने गरेका थिए । उनले शुरु गरेका हरेका काममा नेपाल सरकारको अनुदान रहेको छ । केही काम त उनले अनुदान लिन मात्रै गरेको देखिन्छ ।
महेन्द्रनगर नगर विकास समितिको अर्बौ रुपैयाँ भ्रष्टाचार भएको जग्गा हिनामिना प्रकरणमा जोडिएका ज्ञानेन्द्र सिंह महता कञ्चनपुर क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्य पदका लागि दौडमा छन् । महता सुशासन र भ्रष्टाचार विरोधि नारा ल्याएर चर्चामा आएको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को चुनाव चिन्ह घण्टी सहित चुनावि मैदानमा छन् ।
महताले पत्रकारीता पेशाको आवरणमा गलत फाईदा उठाउँदै आफ्नो श्रीमति विमला चन्द महताको नाममा घडेरी लिएका थिए । कञ्चनपुरको भीमदत्त नगरपालिकामा सयौं बिघा सरकारी जमिन गैरकानुनी रूपमा अतिक्रमण तथा बिक्रीवितरण गरेर र लिजमा दिएर ठूलो भ्रष्टाचार गरिएको निष्कर्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको अनुसन्धानले निकालेको थियो । सयौं बिघा सरकारी जमिन मनपरी ढंगले दुरूपयोग गरी केही व्यक्तिले अकुत सम्पत्ती कमाएको भन्दै स्थानीय बासिन्दाले विरोध गर्दै आएका थिए ।
स्थानीय बासिन्दाले पटकपटक उजुरी दिए पनि राजनीतिक शक्ति र आर्थिक चलखेलका कारण सरकारी जमिनमा भ्रष्टाचार गर्नेमाथि कारबाही हुन सकेको थिएन । स्थानीयको चर्को आलोचनापछि २०७८ भदौमा अख्तियार अनुसन्धान आयोगका उपसचिव ओमप्रकाश बराल नेतृत्वको विशेष टोली महेन्द्रनगर पुगेर अनुसन्धान थालेको थियो, त्यसपछि अवैध रुपमा घडेरी लिएकाहरुलाई कारबाही प्रक्रिया अगाडी बढेको थियो । हाल अख्तियारले सबै घडेरी तथा लिज अवैध भएको भन्दै खारेज गरिदिएको छ ।

यसैगरि महतालाई सोलारमा अनुदानका नाममा करोडौंको ठगि गरेको, ड्रागन खेति, मिटमार्ट र स्केटीङ्गमा नेपाल सरकारका विभिन्न निकायबाट गलत विवरण पेश गरि अनुदान खाएको आरोप लाग्दै आएको छ । सोलार ठगि प्रकरणमा आफ्ना तत्कालिन कर्मचारीलाई फसाउन सफल भएर आफु उम्किएपछि महताले आफ्नो राष्ट्रिय सोलार इर्नजी सोलुसन प्रालि बन्द गरेर पत्रकारीता पेसामा छिरेका थिए । तत्कालिन अवस्थामा महेन्द्रनगरबाट प्रकाशित हुने दैनिक पत्रिका दैनिक खबरले महताको ठगिको पर्दाफास गरेको थियो । ठगिको पर्दाफास भएपछि महता आफ्नो सामाचार रोक्न हारगुहार गर्न आएको पत्रिकाका तत्कालिन एक कर्मचारीले पश्चिमनेपाल न्युजलाई जानकारी दिएका छन् ।

© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.