आफ्ना नानीबाबुहरुको परीक्षाफलका बिषयमा अर्नगल प्रचार नगर्न अभिभावकको आग्रह

बिहिबार ०६, भदौ २०८१ १५:४०    Paschim Nepal News



महेन्द्रनगर : कक्षा १२ को नतिजा स्थकित भएको बिषयमा आफ्ना नानीबाबुहरुको बारेमा जथाभावि प्रचार नगर्न अभिभावकहरुले आग्रह गरेका छन् । उनिहरुले एक संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गदै उक्त माग राखेका हुन् । कञ्चनपुरको होली फेम्ली इङ्गलिस मिडियम स्कुलबाट परीक्षामा सम्मलित विद्याथीहरुको नतिजामा XC लेखेर आएको छ । उनिहरुको परीक्षा सेन्टर सिद्धनाथ अमर मावि गड्डाचौकीमा रहेको थियो । 

विज्ञप्तिको पुर्णपाठ
शैक्षिक सत्र २०८०/०८१ सालको कक्षा १२ को परीक्षामा यस होली फेमली इलिश मिडियम स्कुलबाट सम्मिलित हाम्रा १४ जना विद्यार्थीहरुको परीक्षाफलमा हअ लेखी प्रकाशित भै आएकोले सो सम्बन्धि सोधपुछ गर्दा राष्ट्रिय परीक्षा बोर्डको निर्णय अनुसार परीक्षाफल रद्द गरिएको बुझिन आएकाले सो निर्णयमा हाम्रो कुनै आपत्ति छैन र हालसम्म यस अवस्थामा हाम्रा विद्यार्थीहरु तथा विद्यालयको नाम जोडी विभिन्न प्रकारका समाचार सामाजिक सञ्जाल फेसबुक, मेडिया, आदिमा सम्प्रेषण गरिएकाले सोमा हामी सम्पूर्ण अभिभावक तथा हाम्रा नानीहरुको घोर आपत्ति छ । यसले गर्दा हामी सम्पूर्ण अभिभावक, विद्यार्थी र हाल विद्यालयमा अध्ययनरत सम्पूर्ण छात्र छात्राहरुको मनोबलमाथि नकारात्मक असर भई राखेकाले सम्बन्धित सबैलाई यस प्रकारको समाचार सम्प्रेषणलाई यथाशीघ्र रोकी विद्यार्थीहरुको नैसर्गिक अधिकारको पालना गरि दिन हुन सम्बन्धित सबैलाई सादर अनुरोध गर्दछौ ।

यस विद्यालयबाट परीक्षामा सम्मिलित विद्यार्थीहरुको परीक्षाफलको सन्दर्भमा राष्ट्रिय परीक्षा बोर्डबाट हुने निर्णय हामी अभिभावक एबम् विद्यार्थीहरुलाई मान्य हुनेछ । हाम्रा १४ जना विद्यार्थीहरुको भविष्यलाई मध्यनजर गरी यस विद्यालयले गरि राखेको प्रयासलाई हामी सबै अभिभावक एबम् विद्यार्थीहरुको सदैब साथ समर्थन रहनेछ । साथै यसरी झुटा समाचार सम्प्रेषण गर्ने व्यक्ति, संस्था र निकायहरुले विद्यालय, विद्यार्थी एबम् अभिभावकहरुमा हुन सक्ने शारीरिक एबम् मानसिक दुर्घटनाको सम्पूर्ण जिम्मेवारी बहन गर्नु पर्नेछ ।(१) श्री भानदेब भट्ट
(२) श्री पुरुषोत्तम भट्ट
(३) श्री रुपक सिह धामी
(४) श्री जानकी बम (५) श्री माया गिरी (६) श्री मानमति कार्की (७) श्री मीना राना (८) श्री द्रोपती भट्ट (९) श्री लोक सिह नायक (१०) श्री देबकी नाथ (११) श्री आशिष भट्ट (१२) श्री सुनिल ओड (१३) श्री बबिता कार्की (१४) श्री सिला प्वाली (१५) श्री जगदीश नाथ (१६) श्री करिष्मा भट्ट (१७) श्री गणेश प्वाली (१८) श्री सुनिलराम कोली (१९) श्री कलावति विष्ट (२०) श्री खेम नाथ

 

 

 



प्रतिकृया दिनुहोस