शुक्रबार १३, भदौ २०८२ ०९:४० Paschim Nepal News
महेन्द्रनगर : छिमेकी मुलुक भारतको उत्तराखण्डमा वर्ड फ्लुको संक्रमण देखा परेपछि सीमावर्ती स्थानमा कञ्चनपुर प्रशासनले उच्च सतर्कता अपनाउने निर्णय गरेको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले वर्ड फ्लु नियन्त्रणका लागि जिल्लाका सबै जसो खुला सिमा नाकाहरूमा कडाईका साथ उच्च सुरक्षा शर्तकता अपनाउन निर्देशन दिएका छन् ।
पशु पन्छिजन्यमा लाग्ने रोगलाई भारतिय सिमाबाट नेपाल भित्रन नदिन प्रमुख जिल्ला अधिकारी ढकालको अध्यक्षतामा सोमबार बसेको जिल्ला वर्ड फ्लु रोग नियन्त्रण समितिले सीमा नाकामा पन्छी तथा पन्छीजन्य पदार्थको आयात–निर्यातमा कडाइ गर्ने लगायतका निर्णयहरू गरे संगै जिल्लाका सबै जसो सिमा नाकाहरूमा उच्च सुरक्षा सतर्कता अपनाईएको छ । पशु स्वास्थ्य तथा पशु सेवा ऐन ०५५ को दफा १५ बमोजिम कञ्चनपुर जिल्लाका पुनर्वास, बेलौरी, बेलडाँडी, दोधारा चाँदनी र भीमदत्त नगरपालिकाको वडा नं. १, २ र १० को सीमावर्ती क्षेत्रबाट पन्छी तथा पशु पन्छीजन्य सामग्रीको आयात निर्यात तथा ओसार पसारलाई पूर्ण रूपमा निषेध गरिएको छ ।
प्रजिअ ढकालको अध्यक्षतामा बसेको सो बैठकले वर्ड फ्लुको जोखिम न्यूनीकरण तथा रोकथाम गर्न बैठकमा सुरक्षा निकाय, पशु सेवा विज्ञ, क्वारेन्टाइन कार्यालयका प्रतिनिधि, कुखुरा व्यवसायी तथा सरोकारवाला निकायको सहभागितामा थियो । भारतसंग सिमा नाका जोडिएका कञ्चनपुर जिल्लाका सबै स्थानमा सुरक्षा उच्च शर्कता अपनाईएको प्रजिअ ढकालले बताए ।
वर्ड फ्लु जन्य रोगबाट वच्न र सोबारे आ–आफ्नो स्थानबाट उच्च शतर्कता अपनाउन प्रजिअ ढकालले सबै जिल्लावासिमा अनुरोध समेत गरेका छन् ।
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.