इन्टरनेशनल पब्लिक स्कूलको शुभकामना आदानप्रदान तथा लोक नृत्य  प्रतियोगिता सम्पन्न

बुधबार १६, असोज २०८१ १८:१७    Paschim Nepal News



Messenger_creation_11E9A4C4-8BFD-4BF9-B0F9-9A301B1B7EF9.jpeg

महेन्द्रनगर : इन्टरनेशनल पब्लिक स्कूलको चिल्ड्रन्स क्रियटीभ क्लब(सिसिसि)ले दशै तिहारको पुर्ब सन्ध्यामा शुभकामना आदानप्रदान तथा लोक नृत्य  प्रतियोगिता गरेको छ । आधारभूत तथा माध्यमिक गरि दुई तहमा आयोजना गरिएको प्रतियोगितामा आधारभूततर्फ कक्षा ७ का  प्रसंशा बोगटी, सलिसा बोहरा, लिबिका बिष्ट, निशा भट्ट, खुशी सावद र निस्मा पाण्डेय समेतको टोली प्रथम भएको थियो भने कक्षा ७ कै प्रतिज्ञा चन्द, ममता ऐडी, सानिया चन्द, आराध्या खत्री, पुजा धामी, सृष्टि भट्ट, जुनु नगाल र राहुल सुनारको टोलि द्वितीय भएको थियो ।

यस्तै माध्यमिकतर्फ रक्षा भण्डारी, शिक्षा भण्डारी, प्राची बिष्ट, गरिमा कुवर, रेजिना चन्द, सुमित्रा धामी, कृति सुनार र सृस्टि भट्टको टोलि प्रथम भएको थियो भने एलिना भट्ट, प्रसंशा थापा, अञ्जली खड्का, सहारा शाही, दिब्या रावल र आदिती रावलको टोलि द्वितीय भएको थियो ।  विभिन्न लोक संस्कृति तामाङ्ग, मगर, थारु, सुदूरपश्चिमेली तथा नेपाली लोकभासाका संस्कृति झल्काउने भेषभूसाका आकर्षक  नृत्यहरु बाल कलाकारहरुले प्रदर्शन गरेका थिए । समापनख कार्यक्रममा प्रमुख अतिथी भिमदत्त नगरपालिकाका शिक्षा शाखा प्रमुख हरी दत्त जोशी रहेका थिए ।  सृजनशील बाल क्लबका अध्यक्ष कार्यक्रमका सभापति कक्षा (१) कि छात्रा एलिना भट्ट, बिद्यालय संचालक समितिका अध्यक्ष गौराज बहादुर लिम्बू, प्रीन्सिपल राजेन्द्र भट्ट, बिद्यालय व्यवस्थापन समितिका सदस्य आशिष खत्रीले संयुक्त रूपमा बिजयी टोलि प्रथमलाई ५ हजार र  द्वितीय लाई ३ हजार नगद पुरस्कार प्रदान गरेका थिए । साथै गायक सहभागीहरुलाई पनि नगद पुरस्कर प्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी जोशीले बिद्यालयको प्रशंसा गरेका थिए । ‘इन्टरनेशनल स्कुल बिद्यालय, अभिभावक र विद्यार्थीको असल संयोजनबाट चलेर उदारणीय बनेको छ ।’ जोशीले भने, ‘यस्ता अतिरिक्त सृजनशील क्रियाकलापले विद्यार्थीको बहुआयामिक व्यक्तित्व बिकासमा ठुलो टेवा पग्छ ।’अतिरिक्त क्रियाकलापलाई टेवा पु¥याउन भिमदत्त नगरपालिकाले शुक्रबारलाई ‘बुकलेश डे’ बनाएको  बताए ।
कार्यक्रममा बोल्दै समितिका अध्यक्ष लिम्बूले दशै तिहार, छठ पर्वको शुभकामना दिएका थिए । साथै उनले  हालै अविरल बर्षाको कारणबाट बाढी पहिरो गई मुलुकमा भएको ठुलो जनधनको क्षती प्रती दुःख व्यक्त गर्दै दिवंगत भएका नेपाली दिदीबहिनी  दाजुभाइहरु प्रती श्रद्धाञ्जली र पीडित परिवारमा समवेदना व्यक्त गर्नुका साथै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गदै चाँडपर्वलाई खर्चिलो नबनाउन आग्रह गरे । ‘दशै तिहार तथा चाँडपर्वलाई धरै खर्चिलो बनाउनु हुँदैन, सबैले संयमित भएर दशैतिहार मनाउनुहोला,सबैमा शुभकामना छ ।’ लिम्बुृले भने,‘पछिल्लो समय विभिन्न प्राकृतिक घटनामा परि ज्यान गुमाउनेप्रति समवेदना, परिवारजनलाई इश्वरले धैर्यधारण गर्न शक्ति प्रदान गरुन र घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’ 



प्रतिकृया दिनुहोस