महेन्द्रनगरमा श्रृङागारिक महाआरती हुँदै, पुर्वमन्त्री रावलले उद्घाटन गर्ने

बिहिबार १७, असोज २०८१ १२:५७    Paschim Nepal News



shiv_gyaneshor_mandir.jpeg

महेन्द्रनगर : कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक श्रृङगारिक महाआरती आयोजना हुँदै छ जसको उद्घाटन आज साँझ सुदूरपश्चिम प्रदेशका पुर्व आर्थिक मामिलामन्त्री प्रकास रावलले गर्ने कार्यक्रम रहेको छ । बडादशैँको अवसरमा भीमदत्त नगरपालिका– १८ महेन्द्रनगर भगपुरको शिव ज्ञानेश्वर महादेव मन्दिरमा श्रृङगारिक महाआरती आयोजना गर्न लागिएको होa । घटस्थापनाको अवसरमा शिव ज्ञानेश्वर महादेव मन्दिर विकास समितिले दुर्गा पुजा रुद्राभिषेक तथा श्रृङागारिक महाआरती संचालन गरेको जनाएको छ ।

शिव ज्ञानेश्वर महादेव मन्दिर विकास समितिका सचिव चन्द्रकान्त भट्ट९सिके०ले हिन्दू नेपालीहरुको महान पर्व विजया दशमी ०८१को अवसरमा कार्यक्रम गर्न लागेको बताए । उनका अनुसार दैनिक दुर्गा पुजन, रुदाभिषेक, दुर्गा सप्तसती पाठ, नर्वाण मन्त्र जप, श्रृङगारिक महाआरती एव भजन किर्तन गरिनेछ । मन्दिरको सर्वाङ्गिण विकासदेखि धार्मिक पर्यटन प्रर्बद्धनका लागि १० दिने श्रृङगारिक महाआरती गर्न लागिएको बताए ।

उनले सम्भवत पहिलो पटक महाआरती गर्न लागिएको बताए । शिव ज्ञानेश्वर महादेव मन्दिर विकास समितिका निर्वतमान अध्यक्ष लोकराज भण्डारीले महेन्द्रनगर बजार विस्तारपुर्व नै मन्दिर स्थापना गरिएको बताए । ‘यस मन्दिरमा पहिलो पटक हामीले महाआरती संचालन गर्न लागेका छौँ, ‘उनले भने, ‘मन्दिरको उन्नती बृद्धि विकासका लागि कार्यक्तम गर्न लागेका छौँ ।’

मन्दिर समितिका सल्लाहकार एव अगुवा हिक्मत भण्डारीले प्राचिन मन्दिरमा पहिलो पटक लाग्ने श्रृङागारिक महाआरती कार्यक्रममा धर्म, सस्कृतिको रक्षा हुने बताए । ‘पहिला यहाँ प्राचिन मन्दिर  र एक कुवा थियो, ‘उनले भने, ‘अहिले कुवा हामीले पुरिसकेका छौँ, यहाँ अहिले धार्मिक शक्ति मात्रै छ, त्यसको सरक्षण, जोर्गेना गर्नुपर्छ ।’

श्रृङागारिक महाआरतीका मुल पुजारी पण्डित उमाकान्त अवस्थीले पशुपती र बनारसमा आयोजना हुँदै आएको भव्य आरती अहिले महेन्द्रनगरमै संचालन गर्न लागेको बताए । ‘श्रृङगारिक आरतीको बेग्लै महत्व हुन्छ, ‘पण्डित अवस्थीले भने, ‘यस कार्यबाट धार्मिक, साँस्कृतिक महत्व बढ्छ ।’ 



प्रतिकृया दिनुहोस