सहकारीमा गुणस्तरिय सोच तथा व्यवहारबाट कार्यकुशलातामा अभिवृद्धि

बुधबार १९, चैत २०८१ १३:४७    Paschim Nepal News



Untitled-2_copy.jpg

आज ६८ औ राष्ट्रिय सहकारी दिवस अवसरपारी केही  बिचार प्रस्तुत गर्दैछु । नेपालको सहकारी आन्दोलनमा विभिन्न आरोह अवरोह संग संगै लोकतान्त्रीक गणतन्त्र नेपालको मौजुदा संविधानले तिन खम्बे अर्थनीति अवलम्वन गरे अनुरुप सहकारी क्षेत्र एक अंङ्ग भएको सर्वस्विकार्य रहेको छ । यसको संचालन , परिचालन र नियमनमा कतिपय प्रश्न उब्जेपनि सहकारी क्षेत्रको प्रवद्र्धन, सम्बद्र्धन र संरक्षण बाट मात्र समाजवाद उन्मुख अर्थतन्त्र निर्माण हुने अटल विश्वास राखेको छु । 


झण्डै ३२ हजार सहकारी मध्ये १०० भन्दा बढि सहकारी खराख भई सकेका र ५०० सहकारी खराबमा परेको आशंका अनुरुप सहकारी खराब कम र प्रचार बढि भएको कारण सहकारीको साख राष्ट्रिय स्तरमा घटदो भएको देखिएता पनि ग्रामिण तथा स्थानिय स्तरका व्यक्तिको सहभागितामा संचालन भएका सहकारी खराब भएका, भागेका र ठगेका छैनन् भन्ने कुरा हामी भन्न संक्दछौ । 


जहा“–जहां ठुल्ठुला बजार, जहा“ एउटै मुख्य कार्यालय बाट नेपाल भरी दर्जनौ शाखा  संचालन गरेका सहकारी जुन सहकारी नभई कम्पनी प्रा.लि. जस्तो रवाफ, दवाव र प्रभाव राख्ने, बचत संकलन बढि गर्ने र ऋण लगानी नगन्य गर्ने खास गरि गैर स्थानिय द्धारा संचालन गरिका सहकारीहरुमा समस्या परेको र नीति विधि र प्रविधि बिना आफन्त, सम्बन्ध, नाता र गोताका कारण व्यवसायिक नभई राजनैतिक आडमा कारोबार गरेकै कारण सहकारी समस्यामा आउने गरेको हामी सबैले बुझिसकेका छौ । 


सहकारीमा सदस्य भई विभिन्न व्यवसाय र पेशमा आवद्ध भई सिमा सम्म ऋण लग्ने एउटा सहकारी मात्र नभई  सही सूचना तथा विवरण नदिई विभिन्न सहकारीबाट क्षमता भन्दा बढि ऋण लिने र केही समय पछि ऋणको सावा“को किस्ता र ब्याज तिर्ने तालिका बमोजिम नभई रहेको सन्दर्भमा एकातिर सहकारीको नाफा क्रमस घटिरहेको अर्को तिर खराब ऋण वृद्धि हुने चुनौति बढिरहेको सन्दर्भ सहकारीको मात्र नभई, सहकारीका संचालक र कर्मचारीको मात्र नभई हरेक सहकारी सदस्यको पनि हो भन्ने बुझनु जरुरी पनि छ । 


हरेक सहकारीका सदस्य स्थानिय निकायमा बस्दछन् कुनै पनि स्थानिय निकायका आम जनताको रकम अर्को एक जनता वा सहकारीका सदस्यले ऋण लगेर र्तिदैन भने त्यसबाट असुलउपर गर्ने कार्य सहकारीले गर्दछ नै तर पनि खोजनीति वा अटेर गर्ने सदस्यबाट असुल उपर गराउने कार्यमा सहकारीका हरेक बचतकर्ताको पनि जिम्मेवारी हो भन्ने कुरा सहकारीकर्मीहरु आफैले बुझनु आवश्यक छ । 


सहकारी जो सुकै होस्  हरेक सहकारीको रकम जनताको रकम हो । यस्तो बचत रकम लाई मास्न, ठग्न र लुटन कसैले पनि पाईदैन । सहकारीको रकम हिना मिना गर्नेको सम्पत्ति लिलाम र सरकारी सेवा रोक्का गर्नु पर्दछ ।   त्यसरी नै ऋण लग्ने र नदिने ऋणी सदस्यलाई पनि स्थानिय सरकारका सबै सेवा,  विद्युत र पानीको लाईन काट्ने सम्मको कार्य गर्नु पर्ने दायित्व हरेक स्थानिय तहको, प्रदेश सरकारको र संघिय सरकारको पनि हो । 


हामी सहकारीकर्मीहरुले सचेत हुनै पर्दछ हामी बाट कुनै पनि गलत नियत र मनसायले कसैलाई दुःख र कष्ट नहोस  तर यति मात्र होईन सहकारीका सदस्यहरुको बचत रकम नै अर्को सहकारी सदस्यले निश्चित समयमा ऋणको किस्ता र व्याज बुझाउने सर्तमा लग्ने नियत र बाहना बनाई बनाई नतिर्ने सहकारीको सम्पर्कमा नआउने त्यस्ता सदस्य प्रति कठोर हुनु पर्ने ठाउ“मा झन कठोर हुनु पर्ने जिम्मेवारी पनि सहकारीकर्मीकै हो भन्ने लागेको छ ।


मर्यादित सहकारी र समुन्नत समाज समाजवाद उन्मूख अर्थतन्त्रबाट नै सम्भव छ । यसका लागि रहेक सहकारीमा आवद्ध सहकारी कर्मी संचालक, कर्मचारी र शेयर सदस्यले मर्यादित हुनु आवश्यक छ । मर्यादित हुनुको लागि पहिलो शर्त हो सहकारीका ऐन, नियम, कानून र मापदण्डको शतप्रतिसत पालना । यदि सहकारीको मुल मर्म मान्यता र सिद्धान्त अनुरुप सहकारी लाई चलाउन सकेको भए  वर्तमान समस्या लाई सरल र सहज रुपमा निवारण गर्न सकिने अवस्था थियो, छ र रहन्छ ।
 
 समुन्नत समाजका लागि हरेक शेयर सदस्यले समान प्रकार प्रकिृतिको सेवा लिने र कर्तव्य निर्वाह गर्ने आवस्था श्रृजना भएमा म भन्ने भावना बाट हामी र मेरो भन्ने भावना बाट हाम्रो भन्ने दृष्टिकोण, वाणि र व्यवहारमा देखाउन सके मात्र सहकारी मर्यादित हुने र समाज समुन्नत हुने कुरा सम्भव छ भन्ने कुरामा विश्वस्त रहेको छु । 


सहकारी आफैमा मर्यादित हो र हुनु पर्दछ भन्ने कुरामा दुई मत छैन, तर सहकारीका नेतृत्व, व्यवस्थापन पक्ष र सदस्यले विभिन्न दिशा र दृष्टिकोणबाट बुझे आफु अनुकुल नै व्याख्या गरे र सहकारी संचालन गरे त्यसको फलस्वरुप सहकारीमा बेसोरोकारवालाहरुको भीड भयो, सहकारीमा तिन थरी सदस्य भए लाभांश मात्र खाने गरि शेयर मात्र राख्ने, ब्याज मात्र खाने गरि बचत मात्र राख्ने र ऋण मात्र खाने । त्यस अनुरुप सहकारीपन सहकारीमा नदेखिए पनि वर्तमान अवस्थालाई सुधार गर्नु पर्ने दायित्व र जिम्मेवारी सहकारी कर्मीहरुकै हो भन्ने कुरा पनि साचो नै हो । 


हामी २१ औं सताब्दीमा छौ, आज हामी संग नीति, विधि र प्रविधिमा जान सहज छ , हामी संग अझै विकल्प छन् , सहकारीहरुको एकिकरण, विद्यमान सहकारी ऐनको पूर्ण पालना र सहकारी शिक्षा र वित्तिय साक्षरतालाई तिव्रता, सदस्य केन्द्रित व्यवसाय गर्नसके मात्र सहकारी लाई अझ झन् माथिल्लो उचाईमा लग्न सकिन्छ ।


अन्तरसहकारी सम्बन्धको विकास र विस्तार हुन नसक्नु, सहकारी बीचको भावनात्मक एक्यवद्धता नह्नु तथा राम्रा उदाहरणिय कुराहरु बाहिर नआउनु नै आजको कमजोरी हो ।  राम्रा कामको प्रचार प्रसार हुन नसकेका कारण सहकारी क्षेत्र प्रवद्र्धनमा थुप्र्रै अनुकरणिय कार्य सदस्य र जनमानसमा पुग्न सकेन तसर्थ नियमित सामाजिक लेखा परिक्षण, सार्वजनकि सुनुवाई, सामाजिक कृयाकलाप गर्ने र सहभागि जनाउने तथा  हरेक कार्यक्रम संचार जगतमा आउन अपरिहार्य रहेको छ  ।


अबका दिनमा सहकारीकर्मीहरुको सोच, दृष्टिकोण, वाणि तथा व्यवहारमा गुणस्तरियाता भएमात्र कार्यकुशलता र कर्तव्य परायणतामा कुशलता आउने भएकोले अर्को शब्दमा भन्दा आनी, बानी र व्यवहार सहकारीकर्मी र सहकारीका सदस्यको परिवर्तन गर्नु आवश्यक छ । यो परिवर्तन अरुमा भन्दा सर्वप्रथम आफै बाट स्व–परिवर्तन ल्याउनु अति नै महत्वपूर्ण रहेको कुरातर्फ सबैको ध्यानाकर्षण गराउन चाहन्छु ।  


अन्तमा ६८ औं राष्ट्रिय दिवस मर्यादित सहकारी : समुन्नत समाज भन्ने नाराका साथ मनाउन गईरहेको छौ आगमी एक बर्ष सहकारी संग आवद्ध संघ, संस्था, स्थानिय निकाय, शेयर सदस्य, प्रदेश सरकारले यो नारा लाई सार्थक बनाउन आवश्यक समन्वय, सहयोगमा विभिन्न किसिका गोष्ठी, तालिम, सेमिनारको आयाजना गरि सहकारीका संचालक र सदस्यहरुको सम्बन्धमा प्रगाढता ल्याउन र सहकारी सदस्यको समृद्धि सहित सहकारीको समुन्नतीका लागि एक आपसमा प्ररेणा लिने र दिने कार्य निरन्तरत चल्न सकोस भन्ने शुभ कामना समेत व्यक्त गर्दछु । 

                                        धन्यवाद । 



प्रतिकृया दिनुहोस