संसद् विघटन, राष्ट्रपतिको राजीनामा, स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार गठन अस्वीकार्य     |     जेनजी प्रदर्शन : होला खाद्यान्न अभाव ?     |     अन्तरिम सरकार जेन जी कै सहमतिबाट बनाउन माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको सुझाव     |     नयाँ सरकारको नेतृत्वका लागि जंगीअड्डामा आज निर्णायक वार्ता     |     २७ घण्टामै सत्ता ढाल्न सफल ‘जेनजी’ पुस्ता कहाँ अलमलियो ?     |     यी तीन आधार टेकेर बंगलादेशमा बनेको थियो अन्तरिम सरकार, नयाँ सरकारको गठन गर्दा जोगिएला नेपालको संविधान ?     |     नयाँ सरकारको नेतृत्वबारे जंगीअड्डा बाहिर विवाद     |     हस्तकलाका सामग्री बनाउने सीपमा धनी थारू समुदाय     |    

स्वस्थ र सन्तुलित पोषणयुक्त खानाको अवधारणा व्यापक बनाउनेछौँ : प्रधानमन्त्री ओली

आइतबार ०६, साउन २०८१ १८:२८    Paschim Nepal News



kp-sharma-oli.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पोषणयुक्त खानाको अभियानलाई व्यापक बनाउने बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिने क्रममा बोल्दै प्रधानमन्त्री ओलीले सबै पालिकामा खाद्य भण्डार बनाउने बताएका हुन् । 

ओलीले भने,‘खानपिनको बानीमा परिवर्तन गरी स्वस्थ र सन्तुलित पोषणयुक्त खानाको अवधारणा व्यापक बनाउनेछौँ । यसका लागि कृषि तथा पशुपक्षी मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय परिचालित हुनेछ । सबै पालिकामा खाद्य भण्डार बनाउन सबै पालिकासँग समन्वय र सहकार्य गर्नेछौँ । निरपेक्ष गरिबी हटाउन योजना आयोगको नेतृत्वमा सम्बन्धित मन्त्रालयको सहकार्यमा एक संयन्त्र तयार पार्नेछौँ र त्यसको सुझावका  आधारमा एक कार्यक्रम तयार पार्नेछौँ ।’

उनले जुनसुकै भूभागमा जन्मिएको भएपनि बालबालिकालाई भोकै मर्न नदिने दाबी गरे । ओलीले अहिले स्कुटरको बिक्री बढेको र बजारको ट्रेन्डको आधारमा नीति बनाउने उल्लेख गरे ।

उनले भने,‘मलाई हिजोआज महसुस हुन्छ, वैदेशिक रोजगारीले अर्थतन्त्रको संरचनामा पनि व्यापक परिवर्तन ल्याएको छ । केही वर्षअघिसम्म नेपालमा धेरै मोटरसाइकल बिक्री हुन्थ्यो तर हिजोआज स्कुटरको विक्री बढेको भन्ने समाचारहरू आएका छन् । कुखुराको मासुमा खपत कम भएको समाचार केही अघि पढेको थिएँ । ट्रेन्डहरुमा केही परिवर्तन भएको छ । वैदेशिक रोजगारीका कारण उपभोग गर्ने तरिका र बजारको मागमा परिवर्तन आएको छ । तर तथ्याङ्कको अभावमा निजी क्षेत्र र सरकारी निकाय दुवैले यसको प्रभाव कहाँ कस्तो परेको छ बुझ्न सकेका छैनन् ।’

उनले माग र आपूर्तिमा कस्तो परेको छ त्यसबारे राष्ट्र बैंकले अध्ययन गर्ने बताए ।



प्रतिकृया दिनुहोस