शनिबार, ३१ साउन २०८२ | Paschim Nepal News
धनगढीः कैलालीको कारागार घटनामा घाइते भएका ३५ जना कैदीलाई उपचारपश्चात् अस्पतालले डिस्चार्ज गरेको छ। विभिन्न ठाउँमा चोटपटक लागेका उनीहरूलाई केही दिन उपचारपश्चात् अस्पतालले डिस्चार्ज गरेको हो। उनीहरू सबैको अवस्था सामान्य रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी किशोरप्रसाद श्रेष्ठले जानकारी दिए। 'लगभग सबै घाइते कैदीबन्दी निको भइसकेका छन्,' उनले भने, 'केहीलाई भने डिस्चार्ज गर्न बाँकी छ।'
शनिबार, ३१ साउन २०८२ | Paschim Nepal News
कञ्चनपुर : कञ्चनपुरको बेलौरी नगरपालिकाले भलमन्सा ऐन (२०७८) जारी गरेसँगै नयाँ चयन भएका भलमन्सालाई प्रमाणपत्र प्रदान गरेको छ। पालिकाले भलमन्साहरूलाई प्रमाणपत्र र शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गरेको हो।
बुधबार, १४ साउन २०८२ | Paschim Nepal News
बनेको नहरमा पानी बगाउन जरुरी छ, माथील्लो तहबाट यसको पहल होस् : कार्यालय प्रमुख मिश्र महेन्द्रनगर : उर्जा, जलस्रोत तथा सिचाईमन्त्री दीपक खड्काले महाकाली सिचाई आयोजना तेस्रो चरण राष्ट्रिय गौरवको आयोजना भएकोले यस्ता आयोजनाहरुमा बजेट अभाव हुन नदिन सरकार सचेत रहेको बताएका छन् । ‘राष्ट्रिय गौरवका र प्रत्यक्ष जनतालाई लाभ हुने उत्पादनसंग जोडीएका आयोजनाहरु यो सरकारको प्राथमीकतामा छन्, जति बजेट विनियोजन भएको छ कम आएको भनेर नसोच्नुस्, अघिल्लो बर्ष खर्च गर्न नसेकेको भएमा पनी त्यसो हुन्छ, काम र खर्चको गति बढाउनुहोस् बजेटको चिन्ता नगर्नुहोस् हामी अन्तबाट काटेर भएपनि हाल्छौ ।’ मन्त्री खड्काले भने, ‘निर्माणाधिन नहरमा पानी सञ्चालन गर्न पनी धेरै ठुलो समस्या छ जस्तो मलाई लाग्दैन, कामको गति अझै बढाउन प¥यो, पानी लिनेदिने कुरामा समस्या छैन ।’
बुधबार, २० चैत २०८१ | Paschim Nepal News
आज ६८ औ राष्ट्रिय सहकारी दिवस अवसरपारी केही बिचार प्रस्तुत गर्दैछु । नेपालको सहकारी आन्दोलनमा विभिन्न आरोह अवरोह संग संगै लोकतान्त्रीक गणतन्त्र नेपालको मौजुदा संविधानले तिन खम्बे अर्थनीति अवलम्वन गरे अनुरुप सहकारी क्षेत्र एक अंङ्ग भएको सर्वस्विकार्य रहेको छ । यसको संचालन , परिचालन र नियमनमा कतिपय प्रश्न उब्जेपनि सहकारी क्षेत्रको प्रवद्र्धन, सम्बद्र्धन र संरक्षण बाट मात्र समाजवाद उन्मुख अर्थतन्त्र निर्माण हुने अटल विश्वास राखेको छु ।
बिहिबार, १७ असोज २०८१ | Paschim Nepal News
महेन्द्रनगर : कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक श्रृङगारिक महाआरती आयोजना हुँदै छ जसको उद्घाटन आज साँझ सुदूरपश्चिम प्रदेशका पुर्व आर्थिक मामिलामन्त्री प्रकास रावलले गर्ने कार्यक्रम रहेको छ । बडादशैँको अवसरमा भीमदत्त नगरपालिका– १८ महेन्द्रनगर भगपुरको शिव ज्ञानेश्वर महादेव मन्दिरमा श्रृङगारिक महाआरती आयोजना गर्न लागिएको होa । घटस्थापनाको अवसरमा शिव ज्ञानेश्वर महादेव मन्दिर विकास समितिले दुर्गा पुजा रुद्राभिषेक तथा श्रृङागारिक महाआरती संचालन गरेको जनाएको छ ।
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.