शनिबार, ३१ साउन २०८२ | Paschim Nepal News
कञ्चनपुर: भारत उत्तराखण्ड उत्तरकाशीको धरालीमा ‘क्लाउड ब्रस्ट’ पछि खीरगंगा नदीमा बाढी आउँदा धादिङको ज्वालामुखी गाउँपालिका-२ काफलपानीका ६५ वर्षीय छोलामा तामाङ नदी किनारमै थिए। उनको कोठा नदी छेउमै थियो ।
शनिबार, ३१ साउन २०८२ | Paschim Nepal News
धनगढीः कैलालीको कारागार घटनामा घाइते भएका ३५ जना कैदीलाई उपचारपश्चात् अस्पतालले डिस्चार्ज गरेको छ। विभिन्न ठाउँमा चोटपटक लागेका उनीहरूलाई केही दिन उपचारपश्चात् अस्पतालले डिस्चार्ज गरेको हो। उनीहरू सबैको अवस्था सामान्य रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी किशोरप्रसाद श्रेष्ठले जानकारी दिए। 'लगभग सबै घाइते कैदीबन्दी निको भइसकेका छन्,' उनले भने, 'केहीलाई भने डिस्चार्ज गर्न बाँकी छ।'
शनिबार, ३१ साउन २०८२ | Paschim Nepal News
कञ्चनपुर : कञ्चनपुरको बेलौरी नगरपालिकाले भलमन्सा ऐन (२०७८) जारी गरेसँगै नयाँ चयन भएका भलमन्सालाई प्रमाणपत्र प्रदान गरेको छ। पालिकाले भलमन्साहरूलाई प्रमाणपत्र र शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गरेको हो।
शुक्रबार, ३० साउन २०८२ | Paschim Nepal News
बाजुराः बुधवार राति परेको अविरल वर्षा र त्यसपछि आएको बाढीका कारण हिमाली गाउँपालिकाको–१ बिच्छ्यामा १८ घरसहित ७० बाख्रा बगाएको पुष्टि भएको छ । तथ्याङ्क सङ्कलनका क्रममा गाउँपालिका–१ कुमाल बगरका थप आठ परिवारको घर बगाएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिए ।
शुक्रबार, ३० साउन २०८२ | Paschim Nepal News
कञ्चनपुरः शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा संरक्षित दुर्लभ वन्यजन्तु कृष्णसारको सङ्ख्या निरन्तर बढ्दै गएको छ। पुनःस्थापन गरिएको एक दशकमा कृष्णसारको सङ्ख्या बढेर तीन सय १० पुगेको छ। जसमा कृष्णसारका भाले एक सय १७, पोथी एक सय ४३ र पाठापाठी ५० रहेका छन् । वयस्क भाले ९३ र अर्धवयस्क भाले २४ छन् भने पोथीमा वयस्क ९९ र अर्धवयस्क ४४ छन् ।
मङ्गलबार, २० साउन २०८२ | Paschim Nepal News
दार्चुला : भारतले उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलेको छ । आज बिहानदेखि उक्त बाँधको ढोका खोलेपछि महाकालीमा पानीको बहाव बढेको छ । महाकालीमा पानीको बहाव बढेपछि जिल्ला प्रशासन कार्यालय दार्चुला र बैतडीले दुवै जिल्लाका तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । उत्तराखण्डमा रहेको उक्त जलविद्युत् परियोजनाले सफाइ गर्न मङ्गलबार बाँधको ढोका खोल्ने भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुला र बैतडीलाई पत्राचार गरेको थियो ।
बुधबार, १४ साउन २०८२ | Paschim Nepal News
महेन्द्रनगर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जकमा पाटेबाघको संख्या ४३ पुगेको छ । जसमा २१ वटा भाले र १९ वटा पोथी तथा विश्लेषणका आधारमा थप तीन गरेर बाघको संख्या ४३ पुगेको निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्जले नेपाल सरकारले जारी गरेको बाघ तथा आहारा प्रजातिको अनुगमन प्रोटोकलमा आधारित रहेर २०८१ कार्तिक देखि पौष १० गतेसम्म बाघको आन्तरिक अनुगमन गरेको थियो । यस अघि २०२२ मा भएको राष्ट्रिय गणनामा बाघको संख्या ३६ देखिएको थियो, अब २०२६ मा राष्ट्रिय गणना हुने निकुञ्ज कार्यालयले जनाएको छ ।
बुधबार, १४ साउन २०८२ | Paschim Nepal News
बनेको नहरमा पानी बगाउन जरुरी छ, माथील्लो तहबाट यसको पहल होस् : कार्यालय प्रमुख मिश्र महेन्द्रनगर : उर्जा, जलस्रोत तथा सिचाईमन्त्री दीपक खड्काले महाकाली सिचाई आयोजना तेस्रो चरण राष्ट्रिय गौरवको आयोजना भएकोले यस्ता आयोजनाहरुमा बजेट अभाव हुन नदिन सरकार सचेत रहेको बताएका छन् । ‘राष्ट्रिय गौरवका र प्रत्यक्ष जनतालाई लाभ हुने उत्पादनसंग जोडीएका आयोजनाहरु यो सरकारको प्राथमीकतामा छन्, जति बजेट विनियोजन भएको छ कम आएको भनेर नसोच्नुस्, अघिल्लो बर्ष खर्च गर्न नसेकेको भएमा पनी त्यसो हुन्छ, काम र खर्चको गति बढाउनुहोस् बजेटको चिन्ता नगर्नुहोस् हामी अन्तबाट काटेर भएपनि हाल्छौ ।’ मन्त्री खड्काले भने, ‘निर्माणाधिन नहरमा पानी सञ्चालन गर्न पनी धेरै ठुलो समस्या छ जस्तो मलाई लाग्दैन, कामको गति अझै बढाउन प¥यो, पानी लिनेदिने कुरामा समस्या छैन ।’
मङ्गलबार, १० असार २०८२ | Paschim Nepal News
काठमाडौं । तेहरानले कतारमा रहेको अमेरिकी सैन्य बेसमा सीमित बदलामूलक मिसाइल आक्रमण गरेपछि इजरायल र इरानले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित युद्धविराम योजना स्वीकारेका छन् । युद्धविरामले मध्यपूर्वमा उथलपुथल मच्चाएको १२ दिने युद्धको अन्त्य गर्नेछ ।
बिहिबार, २२ जेठ २०८२ | Paschim Nepal News
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एसका अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सोमबार, ०५ जेठ २०८२ | Paschim Nepal News
कञ्चनपुरः ठेक्का सम्झौता भएको सातवर्षसम्म पनि महेन्द्रनगर र डडेल्धुराको भित्रि मधेश जोड्ने दैजी जोगबुढा सडक निमार्ण सम्पन्न हुन सकेको छैन। विसं २०७४ वैशाख ८ मा तीन वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी नार्गाजुन कन्स्ट्रक्सनसँग रु २१ करोड २६ लाख ५३ हजारमा ठेक्का सम्झौता भएको थियो। ठेक्का सम्झौता भएको सात वर्ष बित्दा नौ किलोमिटर सडक खण्डमात्रै कालोपत्र भएको छ। हालसम्म सडक निमार्णका लागि पाँच पटक म्याद थप भएको छ। यही २०८२ असार २० गते निमार्ण सम्पन्न गर्ने गरी पाचौँ पटक म्याद थप गरिएको पूर्वाधार विकास कार्यालय महेन्द्रनगरले जनाएको छ ।
मङ्गलबार, २३ बैशाख २०८२ | Paschim Nepal News
महेन्द्रनगर : उच्च अदालत दिपालयको महेन्द्रनगर इजलाशले कृष्णपुर नगरपालिकाको सार्वजनिक पद धारण गरेका व्यक्तिका सन्तानलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनु पर्ने निर्णय विरुद्ध दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
शुक्रबार, २९ चैत २०८१ | Paschim Nepal News
धनगढी : कैलालीको कैलारी गाउँपालिकामा बनेको १५ शय्याको अस्पताल सञ्चालन गर्न समस्या भएको छ। सङ्घीय सरकारको नीति अनुरूप बनाइएको सो अस्पताल बजेट अभावका कारण सञ्चालन गर्न समस्या भएको हो । जनशक्ति र उपकरण व्यवस्थापन गर्न बजेट नरहेकाले अस्पताल सञ्चालनमा आउन नसकेको गाउँपालिकाका सूचना अधिकारी यगम कलेलले बताए। १५ शय्याको अस्पताल सञ्चालनका लागि भव्य संरचना तयार भइसकेको छ।
शुक्रबार, २९ चैत २०८१ | Paschim Nepal News
धनगढी : कैलालीको गेटा अस्पतालमा मुटु रोग (कार्डियोलोजी) उपचार सेवा सुरु गरिएको छ। मुटु रोग विशेषज्ञ डाक्टर अजय भट्टले मुटु रोगका बिरामीहरुलाई उपचार सेवा दिन थालेका हुन। गेटा अस्पतालले डाक्टर भट्ट यसअघि सहिद गंगालाल हृदय रोग केन्द्रमा कार्यरत रहेका बताएको छ। उनलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छात्रवृत्ति करार सेवाअन्तर्गत गेटा अस्पतालमा खटाएको हो। भट्टले गत मङ्गलवारदेखि ओपिडी सेवा सुरु गरेका हुन्। अस्पतालमा दैनिक १० जनाको हाराहारी मुटु रोगका बिरामी जाँच गराउन आउने गरेका छन्।
शुक्रबार, २२ चैत २०८१ | Paschim Nepal News
काठमाण्डौं : कृषि विकास बैंकले ठूलो संख्यामा नयाँ कर्मचारी भर्नाको लागि दरखास्त आह्वान गरेको छ। बैंकको जनशक्ति व्यवस्थापन विभागले आज सूचना जारी गर्दै विभिन्न पदको लागि एक सय १८ जना कर्मचारी माग गरेको हो।
शुक्रबार, २२ चैत २०८१ | Paschim Nepal News
काठमाण्डौ: गृह मन्त्रालयले कञ्चनपुरसहित ६ जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ) खटाएको छ । त्यहाँ कार्यरतलाई मन्त्रालयमा सरुवा गरी मन्त्रालयबाट पाँच सहसचिव र एक उपसचिवलाई सिडिओमा खटाइएको छ ।
बुधबार, २० चैत २०८१ | Paschim Nepal News
काठमाडौँ : अन्ततः प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच थाइल्यान्डमा भेटवार्ता हुने भएको छ । प्रधानमन्त्रीद्वय बिच शुक्रबार ४ बजे भेटवार्ता हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । प्रधानमन्त्री ओली र मोदीबिच थाइल्यान्डमा भेटघाट गराउने प्रयास सुरुदेखि नै भइरहेको थियो । तर भारतका तर्फबाट निश्चित भइरहेको थिएन । नेपालबाट लगातारको प्रयासले दुई प्रधानमन्त्री बिचमा अन्तिम समयमा भेटवार्ता हुने निश्चित भएको हो ।
बुधबार, २० चैत २०८१ | Paschim Nepal News
आज ६८ औ राष्ट्रिय सहकारी दिवस अवसरपारी केही बिचार प्रस्तुत गर्दैछु । नेपालको सहकारी आन्दोलनमा विभिन्न आरोह अवरोह संग संगै लोकतान्त्रीक गणतन्त्र नेपालको मौजुदा संविधानले तिन खम्बे अर्थनीति अवलम्वन गरे अनुरुप सहकारी क्षेत्र एक अंङ्ग भएको सर्वस्विकार्य रहेको छ । यसको संचालन , परिचालन र नियमनमा कतिपय प्रश्न उब्जेपनि सहकारी क्षेत्रको प्रवद्र्धन, सम्बद्र्धन र संरक्षण बाट मात्र समाजवाद उन्मुख अर्थतन्त्र निर्माण हुने अटल विश्वास राखेको छु ।
आइतबार, १६ मङि्सर २०८१ | Paschim Nepal News
महेन्द्रनगर : कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर ६ मा भईरहेको उपनिर्वाचनमा दिउँसो २ बजे सम्म २ हजार ४ सय ६ मत खसेको जिल्ला निर्वाचन अधिकारी उदयराज जोशीले जानकारी दिनुभएको छ । ५ हजार ४ सय ३४ कुल मतदाता रहेको उक्त वडामा मतदाताहरु उत्साहका साथ मतदानमा उत्रिएका छन् ।
बिहिबार, १७ असोज २०८१ | Paschim Nepal News
महेन्द्रनगर : कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक श्रृङगारिक महाआरती आयोजना हुँदै छ जसको उद्घाटन आज साँझ सुदूरपश्चिम प्रदेशका पुर्व आर्थिक मामिलामन्त्री प्रकास रावलले गर्ने कार्यक्रम रहेको छ । बडादशैँको अवसरमा भीमदत्त नगरपालिका– १८ महेन्द्रनगर भगपुरको शिव ज्ञानेश्वर महादेव मन्दिरमा श्रृङगारिक महाआरती आयोजना गर्न लागिएको होa । घटस्थापनाको अवसरमा शिव ज्ञानेश्वर महादेव मन्दिर विकास समितिले दुर्गा पुजा रुद्राभिषेक तथा श्रृङागारिक महाआरती संचालन गरेको जनाएको छ ।
बुधबार, १६ असोज २०८१ | Paschim Nepal News
महेन्द्रनगर : इन्टरनेशनल पब्लिक स्कूलको चिल्ड्रन्स क्रियटीभ क्लब(सिसिसि)ले दशै तिहारको पुर्ब सन्ध्यामा शुभकामना आदानप्रदान तथा लोक नृत्य प्रतियोगिता गरेको छ । आधारभूत तथा माध्यमिक गरि दुई तहमा आयोजना गरिएको प्रतियोगितामा आधारभूततर्फ कक्षा ७ का प्रसंशा बोगटी, सलिसा बोहरा, लिबिका बिष्ट, निशा भट्ट, खुशी सावद र निस्मा पाण्डेय समेतको टोली प्रथम भएको थियो भने कक्षा ७ कै प्रतिज्ञा चन्द, ममता ऐडी, सानिया चन्द, आराध्या खत्री, पुजा धामी, सृष्टि भट्ट, जुनु नगाल र राहुल सुनारको टोलि द्वितीय भएको थियो ।
बुधबार, १६ असोज २०८१ | Paschim Nepal News
महेन्द्रनगरः संघिय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति माननीय सोनाम गेल्जेन शेर्पाले राष्ट्रिय गौरवका आयोजनालाई अगाडी बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराईने बताउनुभएको छ । बुधबार महाकाली सिचाई आयोजना तस्रो चरणको अनुगमनमा महेन्द्रनगर पुग्नुभएका उहाँले गोरखापत्रसंग कुरा गर्नुहुँदै उक्त कुरा बताउनुभएको हो ।
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.