देश


  • सात वर्षमा पनि बनेन दैजी–जोगबुढा सडक

    सोमबार, ०५ जेठ २०८२ | Paschim Nepal News

    कञ्चनपुरः ठेक्का सम्झौता भएको सातवर्षसम्म पनि महेन्द्रनगर र डडेल्धुराको भित्रि मधेश जोड्ने दैजी जोगबुढा सडक निमार्ण सम्पन्न हुन सकेको छैन। विसं २०७४ वैशाख ८ मा तीन वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी नार्गाजुन कन्स्ट्रक्सनसँग रु २१ करोड २६ लाख ५३ हजारमा ठेक्का सम्झौता भएको थियो। ठेक्का सम्झौता भएको सात वर्ष बित्दा नौ किलोमिटर सडक खण्डमात्रै कालोपत्र भएको छ। हालसम्म सडक निमार्णका लागि पाँच पटक म्याद थप भएको छ। यही २०८२ असार २० गते निमार्ण सम्पन्न गर्ने गरी पाचौँ पटक म्याद थप गरिएको पूर्वाधार विकास कार्यालय महेन्द्रनगरले जनाएको छ ।

  • कृष्णपुर नगरपालिकाको निर्णय विरुद्धको रिटमा आएन अन्तरिम आदेश

    मङ्गलबार, २३ बैशाख २०८२ | Paschim Nepal News

    महेन्द्रनगर : उच्च अदालत दिपालयको महेन्द्रनगर इजलाशले कृष्णपुर नगरपालिकाको सार्वजनिक पद धारण गरेका व्यक्तिका सन्तानलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनु पर्ने निर्णय विरुद्ध दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

  • कैलारी गाउँपालिकामा बजेट अभावमा अस्पताल सञ्चालन गर्न समस्या

    शुक्रबार, २९ चैत २०८१ | Paschim Nepal News

    धनगढी : कैलालीको कैलारी गाउँपालिकामा बनेको १५ शय्याको अस्पताल सञ्चालन गर्न समस्या भएको छ। सङ्घीय सरकारको नीति अनुरूप बनाइएको सो अस्पताल बजेट अभावका कारण सञ्चालन गर्न समस्या भएको हो । जनशक्ति र उपकरण व्यवस्थापन गर्न बजेट नरहेकाले अस्पताल सञ्चालनमा आउन नसकेको गाउँपालिकाका सूचना अधिकारी यगम कलेलले बताए। १५ शय्याको अस्पताल सञ्चालनका लागि भव्य संरचना तयार भइसकेको छ।

  • कैलालीको गेटा अस्पतालमा मुटु रोगको उपचार सेवा सुरु

    शुक्रबार, २९ चैत २०८१ | Paschim Nepal News

    धनगढी : कैलालीको गेटा अस्पतालमा मुटु रोग (कार्डियोलोजी) उपचार सेवा सुरु गरिएको छ। मुटु रोग विशेषज्ञ डाक्टर अजय भट्टले मुटु रोगका बिरामीहरुलाई उपचार सेवा दिन थालेका हुन। गेटा अस्पतालले डाक्टर भट्ट यसअघि सहिद गंगालाल हृदय रोग केन्द्रमा कार्यरत रहेका बताएको छ। उनलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छात्रवृत्ति करार सेवाअन्तर्गत गेटा अस्पतालमा खटाएको हो। भट्टले गत मङ्गलवारदेखि ओपिडी सेवा सुरु गरेका हुन्। अस्पतालमा दैनिक १० जनाको हाराहारी मुटु रोगका बिरामी जाँच गराउन आउने गरेका छन्।

  • कृषि विकास बैंकले माग्यो ११८ जना कर्मचारी (सूचनासहित)

    शुक्रबार, २२ चैत २०८१ | Paschim Nepal News

    काठमाण्डौं : कृषि विकास बैंकले ठूलो संख्यामा नयाँ कर्मचारी भर्नाको लागि दरखास्त आह्वान गरेको छ।  बैंकको जनशक्ति व्यवस्थापन विभागले आज सूचना जारी गर्दै विभिन्न पदको लागि एक सय १८ जना कर्मचारी माग गरेको हो।

  • कञ्चनपुर, स्याङ्जालगायत ६ जिल्लाका सिडिओको सरुवा

    शुक्रबार, २२ चैत २०८१ | Paschim Nepal News

    काठमाण्डौ: गृह मन्त्रालयले कञ्चनपुरसहित ६ जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ) खटाएको छ । त्यहाँ कार्यरतलाई मन्त्रालयमा सरुवा गरी मन्त्रालयबाट पाँच सहसचिव र एक उपसचिवलाई सिडिओमा खटाइएको छ ।

  • प्रधानमन्त्री ओली र मोदीबिच शुक्रबार बैंककमा भेटघाट हुने

    बुधबार, २० चैत २०८१ | Paschim Nepal News

    काठमाडौँ :  अन्ततः प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच थाइल्यान्डमा भेटवार्ता हुने भएको छ । प्रधानमन्त्रीद्वय बिच शुक्रबार ४ बजे भेटवार्ता हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । प्रधानमन्त्री ओली र मोदीबिच थाइल्यान्डमा भेटघाट गराउने प्रयास सुरुदेखि नै भइरहेको थियो । तर भारतका तर्फबाट निश्चित भइरहेको थिएन । नेपालबाट लगातारको प्रयासले दुई प्रधानमन्त्री बिचमा अन्तिम समयमा भेटवार्ता हुने निश्चित भएको हो ।

  • सहकारीमा गुणस्तरिय सोच तथा व्यवहारबाट कार्यकुशलातामा अभिवृद्धि

    बुधबार, २० चैत २०८१ | Paschim Nepal News

    आज ६८ औ राष्ट्रिय सहकारी दिवस अवसरपारी केही  बिचार प्रस्तुत गर्दैछु । नेपालको सहकारी आन्दोलनमा विभिन्न आरोह अवरोह संग संगै लोकतान्त्रीक गणतन्त्र नेपालको मौजुदा संविधानले तिन खम्बे अर्थनीति अवलम्वन गरे अनुरुप सहकारी क्षेत्र एक अंङ्ग भएको सर्वस्विकार्य रहेको छ । यसको संचालन , परिचालन र नियमनमा कतिपय प्रश्न उब्जेपनि सहकारी क्षेत्रको प्रवद्र्धन, सम्बद्र्धन र संरक्षण बाट मात्र समाजवाद उन्मुख अर्थतन्त्र निर्माण हुने अटल विश्वास राखेको छु ।

  • भिमदत्त वडा नं. ६ मा खस्यो २ हजार ४ सय ६ मत

    आइतबार, १६ मङि्सर २०८१ | Paschim Nepal News

    महेन्द्रनगर : कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर ६ मा भईरहेको उपनिर्वाचनमा दिउँसो २ बजे सम्म २ हजार ४ सय ६ मत खसेको जिल्ला निर्वाचन अधिकारी उदयराज जोशीले जानकारी दिनुभएको छ । ५ हजार ४ सय ३४ कुल मतदाता रहेको उक्त वडामा मतदाताहरु उत्साहका साथ मतदानमा उत्रिएका छन् ।

  • महेन्द्रनगरमा श्रृङागारिक महाआरती हुँदै, पुर्वमन्त्री रावलले उद्घाटन गर्ने

    बिहिबार, १७ असोज २०८१ | Paschim Nepal News

    महेन्द्रनगर​​​​​​​ : कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक श्रृङगारिक महाआरती आयोजना हुँदै छ जसको उद्घाटन आज साँझ सुदूरपश्चिम प्रदेशका पुर्व आर्थिक मामिलामन्त्री प्रकास रावलले गर्ने कार्यक्रम रहेको छ । बडादशैँको अवसरमा भीमदत्त नगरपालिका– १८ महेन्द्रनगर भगपुरको शिव ज्ञानेश्वर महादेव मन्दिरमा श्रृङगारिक महाआरती आयोजना गर्न लागिएको होa । घटस्थापनाको अवसरमा शिव ज्ञानेश्वर महादेव मन्दिर विकास समितिले दुर्गा पुजा रुद्राभिषेक तथा श्रृङागारिक महाआरती संचालन गरेको जनाएको छ ।

  • इन्टरनेशनल पब्लिक स्कूलको शुभकामना आदानप्रदान तथा लोक नृत्य  प्रतियोगिता सम्पन्न

    बुधबार, १६ असोज २०८१ | Paschim Nepal News

    महेन्द्रनगर : इन्टरनेशनल पब्लिक स्कूलको चिल्ड्रन्स क्रियटीभ क्लब(सिसिसि)ले दशै तिहारको पुर्ब सन्ध्यामा शुभकामना आदानप्रदान तथा लोक नृत्य  प्रतियोगिता गरेको छ । आधारभूत तथा माध्यमिक गरि दुई तहमा आयोजना गरिएको प्रतियोगितामा आधारभूततर्फ कक्षा ७ का  प्रसंशा बोगटी, सलिसा बोहरा, लिबिका बिष्ट, निशा भट्ट, खुशी सावद र निस्मा पाण्डेय समेतको टोली प्रथम भएको थियो भने कक्षा ७ कै प्रतिज्ञा चन्द, ममता ऐडी, सानिया चन्द, आराध्या खत्री, पुजा धामी, सृष्टि भट्ट, जुनु नगाल र राहुल सुनारको टोलि द्वितीय भएको थियो ।

  • नहरमा पानि छोड्न पहल गछौ : सभापति शेर्पा

    बुधबार, १६ असोज २०८१ | Paschim Nepal News

    महेन्द्रनगरः संघिय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति माननीय सोनाम गेल्जेन शेर्पाले राष्ट्रिय गौरवका आयोजनालाई अगाडी बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराईने बताउनुभएको छ । बुधबार महाकाली सिचाई आयोजना तस्रो चरणको अनुगमनमा महेन्द्रनगर पुग्नुभएका उहाँले गोरखापत्रसंग कुरा गर्नुहुँदै उक्त कुरा बताउनुभएको हो ।