शनिबार, ३१ साउन २०८२ | Paschim Nepal News
काठमाण्डौ : ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले अलास्काबाट वासिङ्टन डीसी फर्कने क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग लगभग एक घण्टा ‘लामो कुराकानी’ गरेको बताएकी छन्।
शनिबार, ३१ साउन २०८२ | Paschim Nepal News
कञ्चनपुर: भारत उत्तराखण्ड उत्तरकाशीको धरालीमा ‘क्लाउड ब्रस्ट’ पछि खीरगंगा नदीमा बाढी आउँदा धादिङको ज्वालामुखी गाउँपालिका-२ काफलपानीका ६५ वर्षीय छोलामा तामाङ नदी किनारमै थिए। उनको कोठा नदी छेउमै थियो ।
शनिबार, ३१ साउन २०८२ | Paschim Nepal News
कञ्चनपुर: भारत उत्तराखण्डको उत्तरकाशी जिल्लाको हर्षिल क्षेत्रको धरालीमा अघिल्लो दिन (साउन १९) देखि नै वर्षा भइरहेको थियो । कैलालीको टीकापुर नगरपालिका–८ का प्रकाश बुढा दम्पती धराली बजार छेउकै एउटा घरमा कोठा भाडामा लिएर बस्थे । ज्याला मजदुरीका लागि श्रीमतीसहित धराली पुगेका उनी वर्षाका कारण साउन २० का दिन दिउँसोको खाना खाएर आराम गर्ने तयारीमा थिए ।
शनिबार, ३१ साउन २०८२ | Paschim Nepal News
महेन्द्रनगर: नेपाल स्वास्थ्यकर्मी संघ कञ्चनपुरले नयाँ नेतृत्व चयन गरेको छ । ८ औं जिल्ला अधिबेशनले बंशिराज भट्टको नेतृत्वमा २५ सदस्य जिल्ला कार्यसमिति र्निविरोध चयन गरेको हो ।
शनिबार, ३१ साउन २०८२ | Paschim Nepal News
धनगढीः कैलालीको कारागार घटनामा घाइते भएका ३५ जना कैदीलाई उपचारपश्चात् अस्पतालले डिस्चार्ज गरेको छ। विभिन्न ठाउँमा चोटपटक लागेका उनीहरूलाई केही दिन उपचारपश्चात् अस्पतालले डिस्चार्ज गरेको हो। उनीहरू सबैको अवस्था सामान्य रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी किशोरप्रसाद श्रेष्ठले जानकारी दिए। 'लगभग सबै घाइते कैदीबन्दी निको भइसकेका छन्,' उनले भने, 'केहीलाई भने डिस्चार्ज गर्न बाँकी छ।'
शनिबार, ३१ साउन २०८२ | Paschim Nepal News
कञ्चनपुर : कञ्चनपुरको बेलौरी नगरपालिकाले भलमन्सा ऐन (२०७८) जारी गरेसँगै नयाँ चयन भएका भलमन्सालाई प्रमाणपत्र प्रदान गरेको छ। पालिकाले भलमन्साहरूलाई प्रमाणपत्र र शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गरेको हो।
शनिबार, ३१ साउन २०८२ | Paschim Nepal News
धनगढी: सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले मिसन ८४ संसदमा एमालेले ५१ प्रतिशत बहुमत हासिल गर्ने अभियान भएको बताएका छन् । उनले त्यसका लागि पार्टीका सबै सदस्यले सक्रिय रुपमा लाग्नु पर्ने बताए । ‘मिसन ८४ संसदमा एमालेको ५१ प्रतिशत बहुमत हासिल गर्ने अभियान हो, पार्टी निर्माण मार्फत संसदमा ५१ प्रतिशत प्राप्तिको मिसन हो,’ नेपाल निजामती कर्मचारी संगठन सुदूरपश्चिम प्रदेश समितिले शनिबार धनगढीमा आयोजना गरेको संगठन सुदृढीकरण अन्र्तक्रिया तथा प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा उनले भने, ‘तसर्थ गम्भीरतापूर्वक हरेक पार्टी सदस्य र कमिटी त्यसमा लाग्नु पर्ने आवश्यकता छ ।’
शुक्रबार, ३० साउन २०८२ | Paschim Nepal News
बाजुराः बुधवार राति परेको अविरल वर्षा र त्यसपछि आएको बाढीका कारण हिमाली गाउँपालिकाको–१ बिच्छ्यामा १८ घरसहित ७० बाख्रा बगाएको पुष्टि भएको छ । तथ्याङ्क सङ्कलनका क्रममा गाउँपालिका–१ कुमाल बगरका थप आठ परिवारको घर बगाएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिए ।
शुक्रबार, ३० साउन २०८२ | Paschim Nepal News
कञ्चनपुरः शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा संरक्षित दुर्लभ वन्यजन्तु कृष्णसारको सङ्ख्या निरन्तर बढ्दै गएको छ। पुनःस्थापन गरिएको एक दशकमा कृष्णसारको सङ्ख्या बढेर तीन सय १० पुगेको छ। जसमा कृष्णसारका भाले एक सय १७, पोथी एक सय ४३ र पाठापाठी ५० रहेका छन् । वयस्क भाले ९३ र अर्धवयस्क भाले २४ छन् भने पोथीमा वयस्क ९९ र अर्धवयस्क ४४ छन् ।
बिहिबार, २९ साउन २०८२ | Paschim Nepal News
महेन्द्रनगर : नेपाल जेसिज क्षेत्र ‘घ’ सम्मेलन आगामी असोज पहिलो साता महेन्द्रनगरस्थित सिटी हलमा हुने भएको छ । महेन्द्रनगर जेसीजको आतिथ्यतामा असोज ३ र ४ गते सम्मेलन आयोजना तयारी थालिएको छ । बुधबार पत्रकार सम्मेलन गरी क्षेत्रीय सम्मेलन ‘घ’ सम्बन्धि जानकारी दिइएको छ ।
बुधबार, २१ साउन २०८२ | Paschim Nepal News
कञ्चनपुर : भारतको उत्तराखण्डस्थित काशीपुर जिल्लामा पर्ने धराली बजार ‘क्लाउड ब्रस्ट’ (आरिघोप्टे वर्षा) पछि आएको बाढीले तहसनहस भएको छ । खिरगंगा नदीमा मंगलबार दिउँसो १ः४५ बजेतिर आएको बाढीले धराली बजारका दर्जनौं घर र होटल बगाएको हो । बाढीमा परी चार जनाको मृत्यु भएको छ भने कम्तीमा ५० जना बेपत्ता छन् ।
मङ्गलबार, २० साउन २०८२ | Paschim Nepal News
दार्चुला : भारतले उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलेको छ । आज बिहानदेखि उक्त बाँधको ढोका खोलेपछि महाकालीमा पानीको बहाव बढेको छ । महाकालीमा पानीको बहाव बढेपछि जिल्ला प्रशासन कार्यालय दार्चुला र बैतडीले दुवै जिल्लाका तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । उत्तराखण्डमा रहेको उक्त जलविद्युत् परियोजनाले सफाइ गर्न मङ्गलबार बाँधको ढोका खोल्ने भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुला र बैतडीलाई पत्राचार गरेको थियो ।
सोमबार, १९ साउन २०८२ | Paschim Nepal News
बुधबार, १४ साउन २०८२ | Paschim Nepal News
बनेको नहरमा पानी बगाउन जरुरी छ, माथील्लो तहबाट यसको पहल होस् : कार्यालय प्रमुख मिश्र महेन्द्रनगर : उर्जा, जलस्रोत तथा सिचाईमन्त्री दीपक खड्काले महाकाली सिचाई आयोजना तेस्रो चरण राष्ट्रिय गौरवको आयोजना भएकोले यस्ता आयोजनाहरुमा बजेट अभाव हुन नदिन सरकार सचेत रहेको बताएका छन् । ‘राष्ट्रिय गौरवका र प्रत्यक्ष जनतालाई लाभ हुने उत्पादनसंग जोडीएका आयोजनाहरु यो सरकारको प्राथमीकतामा छन्, जति बजेट विनियोजन भएको छ कम आएको भनेर नसोच्नुस्, अघिल्लो बर्ष खर्च गर्न नसेकेको भएमा पनी त्यसो हुन्छ, काम र खर्चको गति बढाउनुहोस् बजेटको चिन्ता नगर्नुहोस् हामी अन्तबाट काटेर भएपनि हाल्छौ ।’ मन्त्री खड्काले भने, ‘निर्माणाधिन नहरमा पानी सञ्चालन गर्न पनी धेरै ठुलो समस्या छ जस्तो मलाई लाग्दैन, कामको गति अझै बढाउन प¥यो, पानी लिनेदिने कुरामा समस्या छैन ।’
मङ्गलबार, १० असार २०८२ | Paschim Nepal News
काठमाडौं । तेहरानले कतारमा रहेको अमेरिकी सैन्य बेसमा सीमित बदलामूलक मिसाइल आक्रमण गरेपछि इजरायल र इरानले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित युद्धविराम योजना स्वीकारेका छन् । युद्धविरामले मध्यपूर्वमा उथलपुथल मच्चाएको १२ दिने युद्धको अन्त्य गर्नेछ ।
बिहिबार, २२ जेठ २०८२ | Paschim Nepal News
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एसका अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सोमबार, ०५ जेठ २०८२ | Paschim Nepal News
कञ्चनपुरः ठेक्का सम्झौता भएको सातवर्षसम्म पनि महेन्द्रनगर र डडेल्धुराको भित्रि मधेश जोड्ने दैजी जोगबुढा सडक निमार्ण सम्पन्न हुन सकेको छैन। विसं २०७४ वैशाख ८ मा तीन वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी नार्गाजुन कन्स्ट्रक्सनसँग रु २१ करोड २६ लाख ५३ हजारमा ठेक्का सम्झौता भएको थियो। ठेक्का सम्झौता भएको सात वर्ष बित्दा नौ किलोमिटर सडक खण्डमात्रै कालोपत्र भएको छ। हालसम्म सडक निमार्णका लागि पाँच पटक म्याद थप भएको छ। यही २०८२ असार २० गते निमार्ण सम्पन्न गर्ने गरी पाचौँ पटक म्याद थप गरिएको पूर्वाधार विकास कार्यालय महेन्द्रनगरले जनाएको छ ।
मङ्गलबार, २३ बैशाख २०८२ | Paschim Nepal News
महेन्द्रनगर : उच्च अदालत दिपालयको महेन्द्रनगर इजलाशले कृष्णपुर नगरपालिकाको सार्वजनिक पद धारण गरेका व्यक्तिका सन्तानलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनु पर्ने निर्णय विरुद्ध दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
बिहिबार, १८ बैशाख २०८२ | Paschim Nepal News
शुक्रबार, २९ चैत २०८१ | Paschim Nepal News
धनगढी : कैलालीको कैलारी गाउँपालिकामा बनेको १५ शय्याको अस्पताल सञ्चालन गर्न समस्या भएको छ। सङ्घीय सरकारको नीति अनुरूप बनाइएको सो अस्पताल बजेट अभावका कारण सञ्चालन गर्न समस्या भएको हो । जनशक्ति र उपकरण व्यवस्थापन गर्न बजेट नरहेकाले अस्पताल सञ्चालनमा आउन नसकेको गाउँपालिकाका सूचना अधिकारी यगम कलेलले बताए। १५ शय्याको अस्पताल सञ्चालनका लागि भव्य संरचना तयार भइसकेको छ।
शुक्रबार, २९ चैत २०८१ | Paschim Nepal News
धनगढी : कैलालीको गेटा अस्पतालमा मुटु रोग (कार्डियोलोजी) उपचार सेवा सुरु गरिएको छ। मुटु रोग विशेषज्ञ डाक्टर अजय भट्टले मुटु रोगका बिरामीहरुलाई उपचार सेवा दिन थालेका हुन। गेटा अस्पतालले डाक्टर भट्ट यसअघि सहिद गंगालाल हृदय रोग केन्द्रमा कार्यरत रहेका बताएको छ। उनलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छात्रवृत्ति करार सेवाअन्तर्गत गेटा अस्पतालमा खटाएको हो। भट्टले गत मङ्गलवारदेखि ओपिडी सेवा सुरु गरेका हुन्। अस्पतालमा दैनिक १० जनाको हाराहारी मुटु रोगका बिरामी जाँच गराउन आउने गरेका छन्।
शुक्रबार, २२ चैत २०८१ | Paschim Nepal News
काठमाण्डौं : कृषि विकास बैंकले ठूलो संख्यामा नयाँ कर्मचारी भर्नाको लागि दरखास्त आह्वान गरेको छ। बैंकको जनशक्ति व्यवस्थापन विभागले आज सूचना जारी गर्दै विभिन्न पदको लागि एक सय १८ जना कर्मचारी माग गरेको हो।
शुक्रबार, २२ चैत २०८१ | Paschim Nepal News
काठमाण्डौ: गृह मन्त्रालयले कञ्चनपुरसहित ६ जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ) खटाएको छ । त्यहाँ कार्यरतलाई मन्त्रालयमा सरुवा गरी मन्त्रालयबाट पाँच सहसचिव र एक उपसचिवलाई सिडिओमा खटाइएको छ ।
बुधबार, २० चैत २०८१ | Paschim Nepal News
थाइल्यान्ड भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्यान्डकी समकक्षी पे थोङ् थान् शिनावात्राबीच भेटवार्ता भएको छ। भेटवार्तापछि दुई देशबीच केही महत्त्वपूर्ण सम्झौता भएको छ। भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलन आयोजना गरिएको थियो। बुधबार थाइल्याण्डको राजधानी बैंकको सरकारी भवनमा शिष्टाचार भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा दुई सरकारबीच सांस्कृतिक सम्झौता भएको छ। साथै पर्यट सहयोग सम्बन्धी सम्झौतापत्रमा पनि हस्ताक्षर भएको छ।
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.