शुक्रबार, २२ चैत २०८१ | Paschim Nepal News
काठमाण्डौ: गृह मन्त्रालयले कञ्चनपुरसहित ६ जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ) खटाएको छ । त्यहाँ कार्यरतलाई मन्त्रालयमा सरुवा गरी मन्त्रालयबाट पाँच सहसचिव र एक उपसचिवलाई सिडिओमा खटाइएको छ ।
बुधबार, २० चैत २०८१ | Paschim Nepal News
थाइल्यान्ड भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्यान्डकी समकक्षी पे थोङ् थान् शिनावात्राबीच भेटवार्ता भएको छ। भेटवार्तापछि दुई देशबीच केही महत्त्वपूर्ण सम्झौता भएको छ। भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलन आयोजना गरिएको थियो। बुधबार थाइल्याण्डको राजधानी बैंकको सरकारी भवनमा शिष्टाचार भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा दुई सरकारबीच सांस्कृतिक सम्झौता भएको छ। साथै पर्यट सहयोग सम्बन्धी सम्झौतापत्रमा पनि हस्ताक्षर भएको छ।
बुधबार, २० चैत २०८१ | Paschim Nepal News
काठमाडौँ : अन्ततः प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच थाइल्यान्डमा भेटवार्ता हुने भएको छ । प्रधानमन्त्रीद्वय बिच शुक्रबार ४ बजे भेटवार्ता हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । प्रधानमन्त्री ओली र मोदीबिच थाइल्यान्डमा भेटघाट गराउने प्रयास सुरुदेखि नै भइरहेको थियो । तर भारतका तर्फबाट निश्चित भइरहेको थिएन । नेपालबाट लगातारको प्रयासले दुई प्रधानमन्त्री बिचमा अन्तिम समयमा भेटवार्ता हुने निश्चित भएको हो ।
बिहिबार, ०७ चैत २०८१ | Paschim Nepal News
महेन्द्रनगरः त्रिभुवन विश्वविद्यालय अन्तर्गत सुदूरपश्चिमका २४ क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सबैभन्दा बढी नेतृत्व नेपाली कांग्रेसको नेपाल विद्यार्थी संघ (नेविसंघ) ले जितेको छ । सुदूरपश्चिमका ६ जिल्लामध्ये कैलालीका ९, कञ्चनपुरका ६, बझाङ र बैतडीका ३-३, डोटीका २ र डडेल्धुराको १ क्याम्पसमध्ये १३ वटामा नेविसंघ एक्लैले र २ वटामा नेविसंघ नेतृत्वकै संयुक्त प्यानलले अध्यक्ष पद जितेको हो । बाँकी क्याम्पसमध्ये माओवादी केन्द्रको अखिल क्रान्तिकारीले ६, एमालेको अनेरास्ववियुले २ र एकीकृत समाजवादीको अनेरास्ववियूले १ कलेजमा अध्यक्ष पद जितेका छन् ।
आइतबार, १६ मङि्सर २०८१ | Paschim Nepal News
महेन्द्रनगरः नेकपा एमाले कञ्चनपुरका जिल्ला कमिटि सदस्य, एमाले क्षेत्र नं. ३ क का सचिव तथा एमालेका नेता चन्द्रसिंह कार्कीले भिमदत्त नगरपालिकाको वडा नम्बर ६ मा भएको उपनिर्वाचनमा एमालेको जित सुनिस्चित भएको बताएका छन् । यस पश्चिम नेपाल न्यज डटकमसंग कुरा गर्दै उनले उक्त कुरा बताएका हुन् ।
आइतबार, १६ मङि्सर २०८१ | Paschim Nepal News
महेन्द्रनगर : कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर ६ मा भईरहेको उपनिर्वाचनमा २ हजार ९९१ मत खसेको जिल्ला निर्वाचन अधिकारी उदयराज जोशीले जानकारी दिनुभएको छ । जिल्ला निर्वाचन अधिकारी जोशीले भन्नुभयो, ‘एक छीनमा सर्वदलिय बैठकबाट मतगणनाबारे निर्णय हुन्छ ।’ ५ हजार ४ सय ३४ कुल मतदाता रहेको उक्त वडामा मतदाताहरु उत्साहका साथ मतदानमा उत्रिएका थिए । बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुकी ५ बजे सम्पन्न भएको हो । निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ ।
आइतबार, १६ मङि्सर २०८१ | Paschim Nepal News
महेन्द्रनगर : कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर ६ मा भईरहेको उपनिर्वाचनमा दिउँसो ४ बजे सम्म २ हजार ८ सय ६५ मत खसेको जिल्ला निर्वाचन अधिकारी उदयराज जोशीले जानकारी दिनुभएको छ । ५ हजार ४ सय ३४ कुल मतदाता रहेको उक्त वडामा मतदाताहरु उत्साहका साथ मतदानमा उत्रिएका छन् । बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुकी ५ बजेसम्म चल्ने छ ।
आइतबार, १६ मङि्सर २०८१ | Paschim Nepal News
महेन्द्रनगर : कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर ६ मा भईरहेको उपनिर्वाचनमा दिउँसो २ बजे सम्म २ हजार ४ सय ६ मत खसेको जिल्ला निर्वाचन अधिकारी उदयराज जोशीले जानकारी दिनुभएको छ । ५ हजार ४ सय ३४ कुल मतदाता रहेको उक्त वडामा मतदाताहरु उत्साहका साथ मतदानमा उत्रिएका छन् ।
शुक्रबार, ०७ मङि्सर २०८१ | Paschim Nepal News
धनगढी : प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद(सिटिईभिटी) अन्र्तगत नेपाल राष्ट्रिय कर्मचारी संगठनको प्रथम प्रदेश अधिवेशन बाट सर्वसम्मत रुपमा माधव प्रसाद जोशीको अध्यक्षतामा नौ सदस्यीय प्रदेश समिति चयन गरिएको छ ।
बिहिबार, १७ असोज २०८१ | Paschim Nepal News
महेन्द्रनगर : कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक श्रृङगारिक महाआरती आयोजना हुँदै छ जसको उद्घाटन आज साँझ सुदूरपश्चिम प्रदेशका पुर्व आर्थिक मामिलामन्त्री प्रकास रावलले गर्ने कार्यक्रम रहेको छ । बडादशैँको अवसरमा भीमदत्त नगरपालिका– १८ महेन्द्रनगर भगपुरको शिव ज्ञानेश्वर महादेव मन्दिरमा श्रृङगारिक महाआरती आयोजना गर्न लागिएको होa । घटस्थापनाको अवसरमा शिव ज्ञानेश्वर महादेव मन्दिर विकास समितिले दुर्गा पुजा रुद्राभिषेक तथा श्रृङागारिक महाआरती संचालन गरेको जनाएको छ ।
बुधबार, १६ असोज २०८१ | Paschim Nepal News
महेन्द्रनगर : इन्टरनेशनल पब्लिक स्कूलको चिल्ड्रन्स क्रियटीभ क्लब(सिसिसि)ले दशै तिहारको पुर्ब सन्ध्यामा शुभकामना आदानप्रदान तथा लोक नृत्य प्रतियोगिता गरेको छ । आधारभूत तथा माध्यमिक गरि दुई तहमा आयोजना गरिएको प्रतियोगितामा आधारभूततर्फ कक्षा ७ का प्रसंशा बोगटी, सलिसा बोहरा, लिबिका बिष्ट, निशा भट्ट, खुशी सावद र निस्मा पाण्डेय समेतको टोली प्रथम भएको थियो भने कक्षा ७ कै प्रतिज्ञा चन्द, ममता ऐडी, सानिया चन्द, आराध्या खत्री, पुजा धामी, सृष्टि भट्ट, जुनु नगाल र राहुल सुनारको टोलि द्वितीय भएको थियो ।
बुधबार, १६ असोज २०८१ | Paschim Nepal News
महेन्द्रनगरः संघिय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति माननीय सोनाम गेल्जेन शेर्पाले राष्ट्रिय गौरवका आयोजनालाई अगाडी बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराईने बताउनुभएको छ । बुधबार महाकाली सिचाई आयोजना तस्रो चरणको अनुगमनमा महेन्द्रनगर पुग्नुभएका उहाँले गोरखापत्रसंग कुरा गर्नुहुँदै उक्त कुरा बताउनुभएको हो ।
बिहिबार, ०६ भदौ २०८१ | Paschim Nepal News
महेन्द्रनगर : कक्षा १२ को नतिजा स्थकित भएको बिषयमा आफ्ना नानीबाबुहरुको बारेमा जथाभावि प्रचार नगर्न अभिभावकहरुले आग्रह गरेका छन् । उनिहरुले एक संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गदै उक्त माग राखेका हुन् । कञ्चनपुरको होली फेम्ली इङ्गलिस मिडियम स्कुलबाट परीक्षामा सम्मलित विद्याथीहरुको नतिजामा XC लेखेर आएको छ । उनिहरुको परीक्षा सेन्टर सिद्धनाथ अमर मावि गड्डाचौकीमा रहेको थियो ।
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.