समाचार


  • कञ्चनपुर सदरमुकामका यी ठाउमा भयो आगजनी र तोडफोड

    बुधबार, २५ भदौ २०८२ | Paschim Nepal News

    महेन्द्रनगर : जेएनजी आन्दोलनकारीले महेन्द्रनगर सदरमुकाममा सत्तारुढ काँग्रेस एमालेका जनप्रतिनिधि र नेताहरुको घरमा आगजानी र तोडफोड गरेका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का साँसद गृहमन्त्री रमेश लेखकको जानकी टोल र बेदकोट नगरपालिका ८ स्थित घरमा तोडफोड र आगजनी गरिएको छ ।

  • आन्दोलनका नाममा लुटपाट र आगजनी भएको भन्दै फिल्डमा उत्रियो सेना, अराजक गतिविधि रोक्न चेतावनी

    बुधबार, २५ भदौ २०८२ | Paschim Nepal News

    महेन्द्रनगर: नेपाली सेनाले विभिन्न ठाउँमा लुटपाट र तोडफोड गर्नेहरूलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाउन थालेको छ । सडकमा उच्छृंखल गतिविधि गरिरहेको अवस्थामा भेटिएकालाई सेनाले घेरा हाली नियन्त्रणमा लिइरहेको छ । काठमाडौँको बानेश्वरमा केही व्यक्ति नियन्त्रणमा लिएर प्रहरीलाई बुझाइएको कारबाहीमा संलग्न स्रोतले जनाएको छ । भक्तपुर दरबार क्षेत्रमा आगो लगाउन खोजिएपछि सेना पुगेर रोकेको छ । यस्तै पोखराको सृजना चोकस्थित मेट्रो अस्पतालनजिकै आगजनी गरिएपछि तत्कालै सेनाको टोली तैनाथ भएको छ ।

  • जेनजीमाथि सरकारको बर्बर दमन,१९ जनाले ज्यान गुमाए, सयौं घाइते

    बुधबार, २५ भदौ २०८२ | Paschim Nepal News

    महेन्द्रनगर : दसैँ नजिकिँदै जाँदा गत साल के भएको थियो ? हामी सबैलाई थाहै छ । दसैँको ठिक एक साताअघि बाढीपहिरोमा परी करिब २५० जनाले ज्यान गुमाएका थिए, सयौँ घाइते भए । थुप्रै विस्थापित भए । यो दर्दनाक घटनालाई यसकारण स्मरण गरियो, यस वर्ष पनि दसैँ आउन १५ दिन बाँकी रहँदा काठमाडौँमा १७ र इटहरीमा २ जना गरी १९ जनाले एकै दिन अमूल्य जीवन गुमाए । सयौँ जेनजी युवा घाइते छन् ।

  • आशलाग्दा युवाहरुसहित अध्यक्षमा निर्वाचित भए अवस्थी

    सोमबार, २३ भदौ २०८२ | Paschim Nepal News

    महेन्द्रनगर : निर्माण व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा पुष्पराज अवस्थी निर्वाचित भएका छन् । संघको १५ औं अधिवेशनबाट अध्यक्ष पदमा अवस्थी निर्वाचित भएका हुन् । २९२ मत रहेको संघको निर्वाचनमा जम्मा २८१ मत खसेका थिए जसमा अवस्थीले १४९ मत र प्रतिद्वन्दी निरन्जन प्रसाद भट्टले १३२ मत प्राप्त गरेका हुन ।  अवस्थीले १७ मतान्तरले जित हासिल गरेका छन ।

  • जनताको सुरक्षालाई उच्चतम बिन्दुमा राखेर काम गर्न निर्देशन

    बुधबार, १८ भदौ २०८२ | Paschim Nepal News

    महेन्द्रनगर : कञ्चनपुरको दोधाराचाँदनी, भीमदत्त नगरपालिका वाढी प्रभावित क्षेत्रमा प्रमुख जिल्ला  अधिकारी (सिडियो) लक्ष्मण ढकाल सहितका जिल्ला स्थित सुरक्षा निकायका प्रतिनिधीले स्थलगत अनुगमन  गरेका छन । वाढी प्रभावित क्षेत्रमा सोमबारै सिडियो ढकाल नेतृत्वको टोलीले स्थलगत रुपमा अनुगमन गरेका हुन । भीमदत्त नगरको भुजेला, दोराधाचाँदनी नगरको जगबुढा वाढी प्रभावित क्षेत्र, सशस्त्र प्रहरीको बिओपी सहित वाढी प्रभावित स्थानीयसंग भेटघाट गरेका छन ।

  • कर्णाली पुल कटेपछि अर्को संसार सुरु हुन्छ : सुन्दर सुदूरपश्चिम

    बुधबार, १८ भदौ २०८२ | Paschim Nepal News

    कैलाली : देव डाँगीस् लमतन्न एकनासले सुतेको कैलालीको दगुरेको प्रगति देखिन्छ । उबेला बुद्धीसागरले आफ्नो उपन्यास कर्नाली ब्लूजु मा कटासेबाट कालीकोट उल्टो बसाइँ सरेको सुल्टो कथा बताउने कटासे बजारलाई छेल पारेर उभिएको लम्कीले कुनै समय राजा महाराजाको सयल गर्न निस्किने बाटिकाजस्तो टिकापुर पुर्याउन तम्सिन्छ । तर प्रायजसो मान्छे दगुर्दै हानिन्छ अझ पश्चिम दिशामा । सिधा सय किलोमिटरले तनक्क तन्किएको कैलालीले सुटुक्क पहलमानपुर पनि लुकाएको छ ।

  • सुदूरपश्चिम प्रदेशमा गिद्धको अवस्था सुधारोन्मुख

    बुधबार, १८ भदौ २०८२ | Paschim Nepal News

    महेन्द्रनगर : सुदूरपश्चिम प्रदेशमा गिद्धको अवस्था सुधारोन्मुख देखिएको छ । पछिल्लो समय समुदायका मानिसमा संरक्षणसम्बन्धी बढेको चेतना, गिद्धलाई असर गर्ने विषादी निषेधलगायत कारणले गिद्धको अवस्था सुधारोन्मुख भएको हो । विगतमा धेरै देखिएको गिद्ध बिचमा हराउन थालेका थिए तर समुदाय सचेत हुनुका साथै संरक्षणसम्बन्धी गतिविधि बढेपछि फेरि गिद्धको ‘कोलोनी’ यत्रतत्र देखिन थालेको छ ।

  • अब्बल निर्माण व्यवसायी देबीदत्त महासचिवको दौडमा

    बुधबार, १८ भदौ २०८२ | Paschim Nepal News

    महेन्द्रनगर: निर्माण व्यवसायी संघ कञ्चनपुरको भदौ २१ गते हुने निर्वाचनमा देबीदत्त भट्ट महासचिव पदका उम्मेदवार छन् । संघको १४ औं कार्य समितिमा सदस्य निर्वाचित भट्ट १५ औं अधिवेशनबाट महासचिव हुने लक्ष्य लिएर चुनावी मैदानमा होमिएका छन् ।

  • महाकाली नदीको कटानले बस्ती जोखिममा

    बुधबार, १८ भदौ २०८२ | Paschim Nepal News

    महेन्द्रनगरः महाकाली नदीको कटानले कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–१० स्थित कुतियाकवर जोखिममा परेको छ । पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाधमा रहेको कुतियाकवर दक्षिणमा भने भारतसँग जोडिएको छ । यो बस्तीमा महाकाली नदीको लगातारको कटानले बढी क्षति पुगेको हो । स्थानीयका अनुसार नदीको कटानले यहाँ दुई बिघाभन्दा बढी जमिन नदीमा समाहित भइसकेको छ ।

  • शुक्लाफाँटा निकुञ्ज छेउका किसानका दुःख : ट्युबमा तरेर मचानको बास

    आइतबार, १५ भदौ २०८२ | Paschim Nepal News

    महेन्द्रनगर : बेलडाँडी गाउँपालिका–५ इमिलियाका झिकडु राना राति घरमा कहिलेकाहीँ मात्रै बस्न पाउँछन् । प्रायःजसो उनको बास चौधर नदीपारि रहेको खेतमा हुन्छ । ६० वर्षीय रानाको दैनिकी १५ वर्षदेखि यस्तै चलिरहेको छ । वन्यजन्तुबाट खेतीपाती जोगाउन उनी राति पहरा दिन खेतमै बस्ने गरेका हुन् । खेतमा उनले काठको मचान बनाएका छन् ।

  • गौरा पर्वः सांस्कृतिक परम्परा र श्रद्धाको उत्सव

    शनिबार, १४ भदौ २०८२ | Paschim Nepal News

    कञ्चनपुरः सुदूरपश्चिमका गाउँबस्तीहरूमा यतिबेला गौरा पर्वको चहलपहल सुरु भएको छ। पर्वकै लागि रोजगारीका लागि अन्यत्र गएका घर फर्किएका छन्। यहाँका हरेक बस्तीमा नयाँ पहिरनमा सजिएका महिलाहरु माङ्गल, फाग गाउँदै गरेको भेटिन्छन् भने पुरुषहरु खेल्ने खेलले यहाँका बस्ती देउडामय भएका छन्। साउनको पुत्रदा एकादशीदेखि सुरु हुने यस पर्वलाई स्थानीय भाषामा गोःरा भनिन्छ यस क्षेत्रमा प्राचीन कालदेखि नै पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रुपमा भगवान् शिवकी अर्धाङ्गिनी शक्तिस्वरुपा पार्वती ९गौरी० लाई गौरादेवीका रुपमा पूजा गरिँदै आएको छ।

  • कञ्चनपुरबाट ७ लाख ७६ हजारको भन्सार छलीका सामान बरामद

    शनिबार, १४ भदौ २०८२ | Paschim Nepal News

    महेन्द्रनगर : कञ्चनपुरबाट ७ लाख ७६ हजारको भन्सार छलीका सामान बरामद गरिएको छ। जिल्लाको भीमदत्त नगरपालिका–३ भासी, भीमदत्त नगरपालिका–४ बसपार्क र बेदकोट नगरपालिका–४ दैजीबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ७ लाख ७६ हजार ८ सय बराबरको बराबर सामान बरामद गरिएको छ।

  • कैलालीमा ५ किलो चरेशसहित होटल सञ्चालक पक्राउ

    शनिबार, १४ भदौ २०८२ | Paschim Nepal News

    कैलाली : धनगढी उपमहानगरपालिका–२ मिलनचोकस्थित एक होटलबाट पाँच किलो ६९० ग्राम चरेशसहित होटल सञ्चालकलाई प्रहरीले आज पक्राउ गरेको छ । बझाङको बुङ्गल नगरपालिका–८ घर भई हाल धनगढी–२ स्थित जयराम होटल एण्ड लज रेस्टुराँका सञ्चालक राम बोहरालाई उक्त चरेशसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।

  • छाउगोठ भत्काएर जस्तापाताको गोठमा बस्छन् महिनावारी भएका महिला

    शनिबार, १४ भदौ २०८२ | Paschim Nepal News

    अछामः अछाममा महिनावारी भएका बेला छाउगोठमा बस्ने अहिले पनि प्रचलन कायम छ। पञ्चदेवल बिनायक नगरपालिका–५ लयाटीको आलीटोलमा महिला तथा किशोरीहरू महिनावारी (छाउपडी) भएको समयमा गोठमा बस्ने गर्दछन्। जिल्लामा अभियान सञ्चालन गरेर ढुङ्गा माटोले बनाइएका छाउगोठ भत्काइए पनि यहाँका महिलाहरू घरबाट केहीपर जस्तापाताको गोठ बनाएर बस्ने गरेका छन्।

  • गौरा पर्वको आज तेस्रो दिन, आज गौरादेवीलाई घरघरमा भित्र्याइँदै

    शनिबार, १४ भदौ २०८२ | Paschim Nepal News

    बैतडीः सुदूरपश्चिमेलीको मुख्य पर्व गौराअन्तर्गत आज तेस्रो दिन ब्रतालु महिलाहरूले गौरादेवीलाई गौराघरमा भित्र्याउँदै छन्। स्थानीय भाषामा भितरीकी गौरा अर्थात् ‘ठूली गौरा’ भनिने आजको दिनलाई ब्रतालु महिलाहरूले विशेष दिनको रूपमा लिने गरेका छन्।

  • इनड्राइभ नेपालको दशैं तिहारका लागि ‘प्लेटिनम ड्राइभर्स गिभअवे’  क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

    शनिबार, १४ भदौ २०८२ | Paschim Nepal News

    काठमाडौं : नेपाल–विश्वव्यापीमोबिलिटी एण्ड अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले नेपालमा दशैं तिहारका लागि ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन सुरुवात गरेको छ । अघिल्लो संस्करणबाट उल्लेखनीय सफलता र उत्साहजनक प्रतिक्रियापछि यस पटक अभियानलाई अझ बढी परिस्कृत बनाउने वाचागर्दै प्लेटिनम ड्राइभर्स गिभअवे शुरुवात गरेको हो ।

  • कैलालीमा ५ किलो ६९० ग्राम चरेश र ४ ग्राम ९० मिलिग्राम खैरोइनसहित ५ जना पक्राउ

    शनिबार, १४ भदौ २०८२ | Paschim Nepal News

    धनगढीः कैलालीमा ५ किलो ६९० ग्राम चरेश र ४ ग्राम ९० मिलिग्राम खैरोइनसहित ५ जना पक्राउ परेका छन्। लागुऔषध व्युरो शाखा धनगढी, वडा प्रहरी कार्यालय धनगढी र प्रहरीचौकी त्रिनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले कैलालीको धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट  डोटीको शिखर नगरपालिका–८ घर भई हाल कैलालीको गोदावरी नगरपालिका–१ बस्ने ३५ वर्षीय बिरबहादुर रावललाई पक्राउ गरेको छ। रावलले चलाएको सुदूरपश्चिम प्रदेश ०४००१ प ०६६५ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा उनको साथबाट २ ग्राम ७६० मिलिग्राम खैरोइन फेलापारी उक्त पदार्थुहित उनलाई नियन्त्रण लिएको छ।

  • अछाममा छाउबारीमा सुतिरहेका बेला ढुङ्गा खस्दा महिला र बालिकाको मृत्यु, एक गम्भीर घाइते

    शुक्रबार, १३ भदौ २०८२ | Paschim Nepal News

    महेन्द्रनगर : अछाममा महिनावारी बार्न खेतबारीमा पाल टाँगेर सुतेको अवस्थामा ढुङ्गा लागेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको अछामको पञ्चदेवल विनायक नगरपालिका–८ सेलापानीस्थित चुरखोली टोलमा ढुङ्गा खस्दा गोरे भण्डारीकी ७ वर्षीया छोरी कविता भण्डारी र ३५ वर्षीया निम खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

  • जिल्लामा बर्डफ्लु भित्रिन नदिन सिडियो ढकालको निर्देशन

    शुक्रबार, १३ भदौ २०८२ | Paschim Nepal News

    महेन्द्रनगर : छिमेकी मुलुक भारतको उत्तराखण्डमा वर्ड फ्लुको संक्रमण देखा परेपछि सीमावर्ती स्थानमा कञ्चनपुर प्रशासनले उच्च सतर्कता अपनाउने निर्णय गरेको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले वर्ड फ्लु नियन्त्रणका लागि जिल्लाका सबै जसो खुला सिमा नाकाहरूमा कडाईका साथ उच्च सुरक्षा शर्तकता अपनाउन निर्देशन दिएका छन् ।

  • महाकाली सहितका जलासयमा ऋर्षिपञ्चमी

    शुक्रबार, १३ भदौ २०८२ | Paschim Nepal News

    महेन्द्रनगर : कञ्चनपुरको महाकाली नदी सहित जिल्लाका अन्य नदीजलासयमा ऋर्षिपञ्चमीकोे समापन गरिएको छ । हिन्दु नेपाली महिलाको हरितालिका (तिज) पर्वको औपचारिक रुपमा समापन गरिएको हो ।  हरेक बर्ष भाद्रशुक्ल पक्षको तेस्रो तिथिबाट शुरु भई पञ्चमी तिथिका दिन औपचारिक रुपमा समापन गरिएको मान्यता अनुरुप ब्रतालु महिलाले परम्परागत रुपमा मनाउँदै आएको तिज बिहीबार महाकाली नदी सहितका अन्य जिल्लाभरीका नदी नाला जलासयमा गएर समापन गरेका छन ।

  • उखु किसान आन्दोलनमा सत्ताधारी र विपक्षी दलकोे साथ

    शुक्रबार, १३ भदौ २०८२ | Paschim Nepal News

    महेन्द्रनगरः गत आइतरदेखि राजधानीमा कञ्चनपुर सहित देशभरका उखु किसान आन्दोलित भएका छन । सरकारले उखु किसानलाई दिर्दै आएको अनुदान कटौती गरेपछि उखु किसान पाँचदिनदेखि सडकमै आन्दोलित भएका हुन ।  उखु नै बोकेर राजधानी पुगेका किसानहरुले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार, एमालेकै नेता विष्णू पौडेल अर्थमन्त्री भएकै बेला अनुदान कटौती गरेर किसानमाथि  अन्याय गरेको बताएका छन ।

  • कञ्चनपुर निर्माण व्यवसायी संघमा नेतृत्वका लागि लडाई, भट्ट र अवस्थीबिच पुनः प्रतिस्पर्धा

    शुक्रबार, १३ भदौ २०८२ | Paschim Nepal News

    महेन्द्रनगर : निर्माण व्यवसायी संघ कञ्चनपुरको भदौ २१ गते हुने १५ औं निर्वाचनबाट नेतृत्व लिन वर्तमान अध्यक्ष निरञ्जन प्रसाद भट्ट र पूर्व वरिष्ठ उपाध्यक्ष पुष्पराज अवस्थी प्यानल बनाएर चुनावी मैदानमा होमिएका छन् । यस अघि १४ औं अधिवेशनमा अध्यक्ष भट्ट र अवस्थीबीच अध्यक्षमा प्रतिस्पर्धा भएका थियो । तीन वर्षपछि फेरि भट्ट र अवस्थी नेतृत्वका प्रतिस्पर्धी भएका छन् । अध्यक्ष भट्ट १५ औं अधिवेशनबाट निर्वाचित भएर फेरि नेतृत्वमा दोहोरिने चाहना राखेका छन् । उनका प्रतिस्पर्धीे अवस्थी अघिल्लो निर्वाचनको हारको बदला १५ औं अधिवेशनबाट लिएर नेतृत्व लिने दाउमा अघि बढेका छन् । भट्टले पत्रकार सम्मेलन गरी चुनावी प्यानल घोषणा गरिसकेका छन् । १४ औं अधिवेशनमा साथ दिएका संघका पूर्व अध्यक्ष अहिले पनि भट्टको प्यानल घोषणा कार्यक्रममा सहभागी भए ।

  • छाउगोठ छाड्दा लाञ्छना, बस्दा यातना

    शुक्रबार, १३ भदौ २०८२ | Paschim Nepal News

    महेन्द्रनगर : मेल्लेख गाउँपालिका–५ कुस्कोटको अलानी गाउँकी १५ वर्षीया सुस्मिता नेपाली सिधा उभिन पनि नमिल्ने ढुंगाले छाएको, चुहिने छाउगोठमा हरेक महिना ६ दिन बस्छिन् । उनी बस्ने छाउगोठको ढोका सानो छ । चुकुल र झ्याल नभएको छाउगोठमा बर्खा झरी र हिउँदको शीत छल्न आगो पनि बाल्छिन् । एक जना पनि सहजै बस्न नमिल्ने छाउगोठमा धेरै जना महिनावारी भएका बेला ५ जनासम्म सुत्ने गरेको उनी बताउँछिन् ।

  • डडेल्धुरा जीप दुर्घटना अपडेटः सबै मृतकको सनाखत र घाइतेको परिचय खुल्यो

    बिहिबार, १२ भदौ २०८२ | Paschim Nepal News

    डडेल्धुराः डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ को चौडमा बिहीवार बिहान भएको जीप दुर्घटनामा घटनास्थलमै ज्यान गुमाएका चार जनाको सनाखत भएको छ। उग्रतारा यातायातको से १ ज ७३८ नम्बरको जीप दुर्घटनामा परेर नवदुर्गा–५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउदको मृत्यु भएको प्रहरीले जनाएको छ।सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जोराले उनीहरुको घटनास्थलमै मृत्यु भएको बताए। मृतकको शव परीक्षणका लागि डडेल्धुरा अस्पताल पठाइएको छ।