सोमबार, १० कार्तिक २०८२ | Paschim Nepal News
महेन्द्रनगर : नेपाल तरुण दलको ७३ औं स्थापना दिवस कञ्चनपुरमा समाज कल्याण अञ्चल बाल अनाथालय महेन्द्रनगरमा रहेका बालबालिकासंग रात्रीभोज, रक्तदान तथा फलफूल वितरण कार्यक्रम आयोजना गरी उत्साहका साथ मनाइएको छ । तरुण दलका केन्द्रीय सदस्य आषिस खत्री, तरुण दल भीमदत्त नगरका नगर समिति सचिव राहुल भट्ट, कञ्चनपुर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष शुरेस रावल, तरुण दलका नेता दिपक राज बिष्ट, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्यहरुः इन्द्र साउँद र सञ्जु अधिकारी लगायतका व्यक्तिहरुले अनाथालयमा आफै खाना बनाएर त्यहाँ रहेकान बालबालिकाहरुलाई रात्रिभोज गराएका हुन् ।
बुधबार, २२ असोज २०८२ | Paschim Nepal News
महेन्द्रनगर : नेपालमा अत्याधिक रुचाइएको ई–स्पोट्र्स पब्जीको बहुप्रतिक्षित प्रतियोगिता २०२५ पब्जी मोबाईल नेपाल सिरिजको ग्राण्डफिनाले आधिकारिक रूपमा सम्पन्न भएको छ । प्रतियोगिताको ओपन क्वालिफायर भदौ १० गतेदेखि सुरु भएको थियो । कुल पाँचहजार अमेरिकी डलरको पुरस्कार राशि राखिएको यस पटकको श्रृंखलामा देशभरिबाट ११,००० भन्दाबढी खेलाडीहरूको उत्साहजनक सहभागिता देखिएको छ । तीमध्ये उत्कृष्ट प्रदर्शन गर्ने शीर्ष १६ टोलीले डिसेम्बर २०२५ माहुने पब्जी मोबाईल स्टार च्यालेन्जमा सहभागिता जनाउने अवसर प्राप्त गरेका छन् ।
बुधबार, १५ असोज २०८२ | Paschim Nepal News
बुधबार, १५ असोज २०८२ | Paschim Nepal News
धनगढीः नेपालीहरूले हर्षोल्लासको साथमा मनाउने दुई पर्व हुन्, दशैँ र तिहार। दशैँ लगत्तै हाम्रो घर आँगनमा तिहार आउने गर्छ। पारिवारिक मिलनको चाडको रुपमा लिइने दशैँमा नवरात्रको नौ दिनसम्म देवी–देवताको पूजापाठ गरिन्छ भने सबैभन्दा आकर्षक र महत्वपूर्ण दशमीको दिनलाई मानिन्छ। यो दिन घटस्थापनाको दिन विधि विधान पूर्वक राखिएको जमरा काटिन्छ र आफ्नो मान्यजनको हातबाट टिका जमराको साथमा आर्शिवाद ग्रहण गरिन्छ।
शनिबार, ११ असोज २०८२ | Paschim Nepal News
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अर्थतन्त्र असहज अवस्थामा गुज्रिएको बेला एमालेको सरकार बनेको बताएका छन्। राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेको नेतृत्वमा सरकार बनेपछि अर्थतन्त्र सबल भएको र विकासका कामले तीब्रता पाएको दाबी गरेका हुन्।
शनिबार, ११ असोज २०८२ | Paschim Nepal News
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक विधिबाट सरकार निर्माण गर्न राष्ट्रपतिलाई आग्रह गरेको बताएका छन्। राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको सुशीला कार्कीको नेतृत्वको सरकार अलोकतान्त्रिक ढंगबाट बनेको दाबी गरेका छन्।
मङ्गलबार, ०७ असोज २०८२ | Paschim Nepal News
कञ्चनपुर : चाडपर्वका अवसरमा वन क्षेत्रमा बढ्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न कञ्चनपुरको कुण्डा सब–डिभिजन वन कार्यालयअन्तर्गत द्रुत प्रतिकार्य टोली गठन गरी परिचालन गरिएको छ। वन कार्यालयका प्रमुख दिनेशकुमार यादवका अनुसार टोली गठनको मुख्य उद्देश्य वन्यजन्तुको उद्धार, वन्यजन्तुको अवैध चोरी–सिकारी नियन्त्रण, वन क्षेत्रको नियमित गस्ती, वन पैदावार चोरी निकासी रोकथाम र वन संरक्षणलाई प्रभावकारी बनाउनु रहेको छ।
मङ्गलबार, ०७ असोज २०८२ | Paschim Nepal News
काठमाडौँ : नेपाली राहदानी बोकेर दुई सय जना म्यानमारका नागरिक यूएई पुगेको खुलेको छ। अध्यागमन विभागले मंगलबार अत्यधिक नेपाली श्रमिक रहेक ९ देशका राजदूत तथा गृह र परराष्ट्र मन्त्रालयका पदाधिकारीबीच गरेको भर्चुअल छलफलमा सो जानकारी दिइएको हो। छलफलमा विभागका पदाधिकारीसहित युनाइटेड अरब इमिरेट्स, कतार, ओमन, कुवेत, सउदी अरेबिया, बहराइन लगायतका खाडी मुलुक एवम् मलेशिया र थाईल्यान्डमा अवस्थित नेपाली राजदूत र श्रम सहचारीसहित गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयका पदाधिकारी सहभागी थिए।
मङ्गलबार, ०७ असोज २०८२ | Paschim Nepal News
कञ्चनपुरः चाडपर्वका अवसरमा वन क्षेत्रमा बढ्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न कञ्चनपुरको कुण्डा सब–डिभिजन वन कार्यालयअन्तर्गत द्रुत प्रतिकार्य टोली गठन गरी परिचालन गरिएको छ। वन कार्यालयका प्रमुख दिनेशकुमार यादवका अनुसार टोली गठनको मुख्य उद्देश्य वन्यजन्तुको उद्धार, वन्यजन्तुको अवैध चोरी–सिकारी नियन्त्रण, वन क्षेत्रको नियमित गस्ती, वन पैदावार चोरी निकासी रोकथाम र वन संरक्षणलाई प्रभावकारी बनाउनु रहेको छ।
मङ्गलबार, ०७ असोज २०८२ | Paschim Nepal News
काठमाडौं : नेपालको निजी क्षेत्र आर्थिक वृद्धिको मेरुदण्ड मानिँदै आएको छ । नेपालको त्यही मेरुदण्ड मानिएको निजी क्षेत्र माथि जेन जी आन्दोलनका क्रममा छानाछानी आक्रमण भयो । जेन जी आन्दोलनका क्रममा ठूला व्यापारिक घराना, उद्योगधन्दा र निजी सम्पत्तिमाथि आक्रमण भयो । निजी क्षेत्रमा भएको आक्रमणपछि हिंसाले उद्योग, पर्यटन, व्यापार र उत्पादन क्षेत्रलाई झन् ठप्प पार्ने खतरा बढेको निजी क्षेत्रले बताएका छन् । मुलुकको अर्थतन्त्र पहिले नै दबाबमा रहेको बेला जेन जी आन्दोलनमा भएको यस्तो गतिविधिले निजी क्षेत्रको मनोबल गिरेको छ । सरकारले निजी क्षेत्रलाई सुरक्षित गर्ने ग्यारेन्टी नदिएसम्म लगानीको वातावरण नबन्ने उनीहरूको भनाई छ ।
बिहिबार, २६ भदौ २०८२ | Paschim Nepal News
काठमाडौं: पूर्वविद्यार्थी नेताहरूले जेनजी आन्दोलनको नाममा भएको विध्वंसको आवरणमा संसद् विघटन गर्नुपर्ने कुरा उठाइएको भन्दै कडा रूपमा प्रतिवाद गर्न आह्वान गरेका छन् । पूर्वविद्यार्थी नेताहरू नैनसिंह महर, माधव ढुंगेल, नरेन्द्र न्यौपाने, पञ्चा सिंह, आरती लामा, विमल पोखरेल, राजीव ढुंगाना, रुपनारायण श्रेष्ठ, नवीना लामा, रञ्जित तामाङ, सुदेश पराजुली र अनिलकिशोर घिमिरेले संयुक्त विज्ञप्ति जारी गर्दै राष्ट्रपतिले राजीनामा र राजा ल्याउनेजस्ता प्रतिगामी मागहरू उठ्न थालेको हुनाले सबै प्रकारका प्रतिगामी हर्कतका विरुद्धमा एकजुट हुन आह्वान गरेका हुन्।
बिहिबार, २६ भदौ २०८२ | Paschim Nepal News
काठमाडौं : तीन दिनयता जारी जेनजी प्रदर्शनले उग्ररूप लिँदा कम्तीमा ३० जानको ज्यान गइसकेको छ भने दर्जनौं सरकारी तथा निजी सम्पत्तिमाथि तोडफोड, लुटपाट र आगजनी भएको छ । जेनजी प्रदर्शनको पहिलो दिनबाटै सरकारले काठमाडौं उपत्यका लगायत प्रमुख सहरमा कर्फ्यु आदेश जारी गरेपछि स्थिति थप तनावग्रस्त हुन पुग्यो । दोस्रो दिन मंगलबार सरकारी र निजी सम्पत्तिमाथि तोडफोड, लुटपाट, आगजनी हुन थालेपछि सोही रातिदेखि सुरक्षा जिम्मेवारी लिँदै नेपाली सेना सडकमा आएको छ ।
बिहिबार, २६ भदौ २०८२ | Paschim Nepal News
काठमाडौं: अन्तरिम सरकारको नेतृत्वका लागि नेपाली सेनाको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी युवा प्रतिनिधिहरुबीच आज निर्णायक छलफल हुने भएको छ । जेनजी प्रतिनिधिहरुले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम टुंगो लगाइसकेकाले त्यसलाई आजको छलफलले औपचारिकता दिने छ ।
बिहिबार, २६ भदौ २०८२ | Paschim Nepal News
जेनजी पुस्ताले विरोध प्रदर्शन गर्दा २४ घण्टामै सरकार ढल्यो र प्रधानमन्त्रीले राजीनामा दिए। प्रदर्शनमा भएको दमनको कारण ठूलो मानवीय क्षति भयो, तर अर्बौंको भौतिक संरचना ध्वस्त भए। जेनजी पुस्ताले अब पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आफ्नो प्रतिनिधिको रूपमा अघि सार्ने तयारी गरेका छन्।
बिहिबार, २६ भदौ २०८२ | Paschim Nepal News
महेन्द्रनगर : नेपालमा राजनीतिक र संवैधानिक संकट उत्पन्न भएको छ, प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन्। जेनजी पुस्ताको आन्दोलन र सेनाको संलग्नताका कारण नयाँ सरकार गठनको प्रयास भइरहेको छ। बंगलादेशको राजनीतिक घटनाक्रमसँग तुलना गर्दै, नेपालमा संविधान संशोधन र अन्तरिम सरकार गठनको विषयमा बहस चलिरहेको छ। काठमाडौँ । आजभन्दा करिब १४ महिनाअघिको बंगलादेश अहिले नेपालजस्तै राजनीतिक र संवैधानिक संकटबाट गुज्रिएको थियो । सन् २०२४ सेप्टेम्बर ४ तारिखका दिन प्रधानमन्त्री शेख हसिना देश छाडेर भारतको शरणमा पुगिन् । त्यसको दुई दिनपछि उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरिन् ।
बुधबार, २५ भदौ २०८२ | Paschim Nepal News
कञ्चनपुर : थारू समुदाय परम्परागत सीपमा धनी छ। पुर्खौँदेखि थारू समुदायले जोगाउँदै ल्याएका परम्परागत हस्तकलाका सामग्री व्यवसायीकरण हुनसकेका छैनन्। बाँस, मूञ्ज, घाँस, सनपाट, माटोलगायत स्थानीय कच्चा पदार्थबाट उत्पादन हुने यी सामग्री ग्रामीण जीवनशैलीसँग दैनिक रूपमा जोडिएका छन्। थारू समुदायले आज पनि डेल्वा, ढक्या, पनछोपनी, छिटुवा, छतरी, पङ्ख, सुप्पा, मच्या, खन्ध्री, भौँका, गाग्री, करुवा, सुराही, गुन्द्री, मौनी, डोरी, सिकहरलगायत सामग्री प्रयोगमा ल्याइरहेका छन्।
बुधबार, २५ भदौ २०८२ | Paschim Nepal News
काठमाडौँ: संयुक्त अरब इमिरेट्स ९युएई० ले विभिन्न कसुरमा जेल सजाय भोगिरहेका नेपालीको कैद मिनाहा गर्ने भएको छ । इस्लाम धर्मावलम्बीको महान् पर्व ईद अल–अदाहका अवसरमा विभिन्न कसुरमा युएईको जेलमा सजाय भोगिरहेका १२० जना नेपालीको बाँकी सजाय अवधि मिनाहा गरी आममाफी प्रदान गरेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।
बुधबार, २५ भदौ २०८२ | Paschim Nepal News
काठमाडौं : लामो समयको छलफल र परामर्शपछि जेनजी आन्दोलनको घोषणा गर्ने समूहका प्रतिनिधिहरू पुरुषोत्तम यादव र रक्षा बमको समूह जंगी अड्डामा नेपाली सेनासँग छलफल गर्न प्रवेश गरे । यादव र बम समूहसहितका करिब ५० जना प्रतिनिधिहरू सो छलफलमा सहभागी थिए । आज रातिको करिब साढे ७ बजेसम्म भएको छलफल ठोस निष्कर्षमा पुग्न सकेन । कारण थियो सो बैठकमा राजावादी, राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०ले प्रस्ताव गरेको गैर जेनजी समूहका प्रतिनिधिहरूको नाम र दुर्गा प्रसाईँको ‘इन्ट्री’ ।
बुधबार, २५ भदौ २०८२ | Paschim Nepal News
काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राष्ट्रपति रामचन्द्र पौडेलाई अन्तरिम सरकारको गठन र संसद्को विघटन गर्न सुझाव दिएका छन् । जेन–जीले ल्याएको क्रान्तिलाई संरक्षण गर्न अविलम्ब अन्तरिम सरकारको गठन र संसद्को विघटनको सुझाव दिएका हुन् ।
बुधबार, २५ भदौ २०८२ | Paschim Nepal News
काठमाडौं: जेनजीले संसद विघटनसँगै अन्तरिम सरकारको माग गरिरहेको छ । यता राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०की सांसद सोभिता गौतमले भने त्यसो गर्न नहुने बताएकी छन्। बुधवार सामाजिक सञ्जालमार्फत गौतमले संसद विघटन गर्ने कुनै पनि प्रयासले जनताको सार्वभौम सत्ता र सर्वोच्चतालाई सङ्कटमा पार्ने भएकोले स्वीकार्य नहुने स्पष्ट गरेकी हुन् ।
बुधबार, २५ भदौ २०८२ | Paschim Nepal News
काठमााडौं : जेनजी समूहका अभियन्ता अमित खनालले राजनीतिक प्रवेशले आन्दोलनलाई अराजक बनाएको प्रष्टीकरण दिएका छन् । उनले राज्यले युवाहरुको आवाज थुन्न खोजेको भन्दै त्यसको घोर भत्र्सना गर्दै विरोध गरेका छन् । ‘विद्यार्थी र युवाहरुको भेलालाई दबाउन सरकारले क्रुर भएर बल प्रयोग गर्यो जसले गर्दा यस्तो दर्दनाक अवस्था सिर्जना हुन पुग्यो’, उनले बताए ।
बुधबार, २५ भदौ २०८२ | Paschim Nepal News
दाङ: बाँकेको बाल सुधार गृहमा झडप हुँदा ५ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । नौवस्तास्थित बाल सुधार गृहमा गए राति भएको झडपमा दैलेखका भूपेन्द्र खत्री, बाँकेका समीर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङका दिनेश घर्तीमगरको मृत्यु भएको एक कर्मचारीले नेपाल प्रेसलाई जानकारी दिए ।
बुधबार, २५ भदौ २०८२ | Paschim Nepal News
विराटनगर : सुनसरीको झुम्का कारागारबाट अधिकांश कैदीबन्दी भागेका छन् । जेन जी पुस्ताको आन्दोलनका नाममा अराजक समूहले मंगलबार राति कारागारबाट कैदीबन्दी भगाएका हुन् । कैदीबन्दी भाग्दै गर्दा नेपाली सेनाको टोली पुगेको थियो । सेनाले केही बन्दीलाई पुन कारागारमै राखेको छ । झुम्का कारागारमा ‘ए’ र ‘बी’ गरी १ हजार सात सय ९८ जना कैदी रहेका थिए ।
बुधबार, २५ भदौ २०८२ | Paschim Nepal News
काठमाडौँ: देशमा शान्तिसुरक्षा तथा अमन चइन कायम गर्न नेपाली सेनालगायत अन्य सुरक्षा निकाय अहोरात्र खटिएका जनाउँदै सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले समाजमा अवाञ्छित गतिविधि हुननदिनेतर्फ सचेत रहन तथा निरन्तर निगरानी गर्न आम नेपाली नागरिकमा आग्रह गरेको छ ।
© Paschim Nepal News 2018. All Rights Reserved.
Powered By : Anubhabi Technologies Pvt. Ltd.